Home » » दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्न माग...

दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्न माग...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं–प्रस्तावित दुई नम्बर प्रदेशलाई पहाडसँग
जोड्न राष्ट्रिय मधेस बहुजन समावादी पार्टीले माग
गरेको छ। प्रस्तावित दुई नम्बर प्रदेश पहिचानका
हिसावले सही भएपनि सामथ्र्यका आधारमा उचित
नभएको भन्दै पहाडसँग जोड्न माग गरेको हो।
रामबसपा अध्यक्ष इन्तुराय यादवले आइतबार एक
विज्ञप्ति जारी गरी प्रस्तावित दुई नम्बर प्रदेशलाई
पहाडसँग जोड्न माग गरेका हुन्। उनले मुलुक संघीयताको
जटिल अवस्थामा प्रवेश गरेको भन्दै विचार पुर्याएर
सबैलाई सहमतिमा ल्याएर मात्र संविधान जारी गर्न
माग गरेका छन्।
'प्रस्तावित दुई नम्बर प्रदेशप्रति पनि हाम्रो दलको
आपत्ति छ,' विज्ञप्तिमा भनिएको छ, 'झापादेखि
चितवनसम्मका जिल्लाई दुई नम्बर प्रदेशमा समेट्नुपर्छ ।
त्यतिमात्र होइन दुई नम्बर प्रदेश पहाडका जिल्लासँग
जोडिनुपर्छ।' रामबसपाले सिंचाइ तथा विद्युतको
सुविधाका लागि पनि दुई नम्बर प्रदेश पहाडी
जिल्लासँग जुड्नुपर्ने जिकिर गरेको छ ।
'चार दलले प्रस्ताव गरेको दुई नम्बर प्रदेशलाई बाख्र्रा
गोठ बनाउने षड्यन्त्र गरिएको छ,' विज्ञप्तिमा
भनिएको छ । रामबसपाले तराईमा भइरहेको
आन्दोलनलाई बेलैमा सम्बोधन नगरे त्यसले जटिल मोड
लिनसक्ने भन्दै समस्या समाधान गर्न सरकारलाई आग्रह
गरेको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved