भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लोकतान्त्रिकका अध्यक्ष विजय
गच्छदार र थारु नेताहरु बालुवाटार
पुगेका छन् । वार्ताका लागि
प्रधानमन्त्री सुशील कोइरालाको
तेस्रो चिठी पाएको भोलिपल्ट थरुहट/
थारुवान् संयुक्त संघर्ष समितिको टोली
भर्खरै बालुवाटार छिरेको हो ।
यसरी वार्ता गर्न जाने टोलीमा फोरम
लोकतान्त्रिकका अध्यक्ष गच्छदार,
महासचिव रामजनम चौधरी, थारु
कल्याणकारिणी सभा अध्यक्ष धनीराम
चौधरी, एमाओवादी सभासद् सन्तकुमार
चौधरी, अमनलाल मोदी, संयुक्त
लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहटकी
सभासद् रुक्मिणी चौधरी, गोपाल
दहित, थरुहट संयुक्त संघर्ष समितिका रमेश
चौधरी, राजकुमार लेखी, मालामती
राना थारु, सन्तोषकुमार थारु,
शिवनारायण चौधरी गरी जम्मा ११
सदस्य छन् ।
प्रधानमन्त्रीसग आफूले वार्ताका सात
पूर्वशर्त पेश गर्ने फोरम लोकतान्त्रिक
महासचिव तथा थारु सभासद् समन्वय
मञ्च संयोजक रामजनम चौधरीले
कान्तिपुरलाई बताए ।
संविधानसभा प्रक्रिया धमाधम अघि
बढ्दै गर्दा प्रधानमन्त्री सुशील
कोइरालाले थारु आन्दोलनकारीलाई
सम्बोधन गर्दै तेस्रो चिठी पठाएका
थिए । थारु कल्याणकारिणी सभा र
थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको
नाममा मंगलबार पुन: चिठी लेख्दै
प्रधानमन्त्रीले आन्दोलनकारीका
मागप्रति सरकार गम्भीर रहेको जनाउ
दिएका थिए । यसअघि यही
व्यहोराका दुई चिठी
आन्दोलनकारीलाई प्रधानमन्त्रीका
तर्फबाट पठाइसकिएको थियो ।
थारु आन्दोलनकारीका सात
पूर्वशर्तमध्ये मधेस र थरुहटका जिल्लाबाट
सेना फिर्ता, मृतकलाई सहिद घोषणा,
परिवार र घाइतेलाई क्षतिपुर्ति,
उपचार, गिरफ्तार नेताकार्यकर्ताको
रिहाई, मुद्दा फिर्ता, सीमांकनमा
पुनर्विचार गर्न प्रतिबद्धता लगायत छन्
। त्यसमध्ये थारु आन्दोलनकारीले वार्ता
टोली र संघर्ष समितिले सेना फिर्ती र
गिरफ्तारीलाई मुख्य शर्तका रुपमा
वार्तामा राख्ने भएका छन् ।
थारु वार्ता टोली र गच्छदार दुवै
पक्षलाई एकैसाथ राखेर कुरा गर्ने
जानकारी बालुवाटार स्रोतबाट
प्राप्त भएको छ ।
......................................
संविधान घोषणा, फोरम
लोकतान्त्रिकसँग वार्ता र आसन्न संयुक्त
राष्ट्रसंघको महासभामा
प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न
बालुवाटारमा तीन दलको बैठक
बसिरहेको छ ।
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष
विजय गच्छदार पनि सहभागी हुने बताइए
पनि उनी बालुवाटार नआइपुगेको
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश
अधिकारीले बताए । बैठकमा कांग्रेस,
एमाले र एमाओवादीका शीर्ष नेताहरु
सहभागी छन् ।
0 comments:
Post a Comment