Home » » बालुवाटारमा चार दलको बैठक छाडेर केपी ओली रातारात किन गए राष्ट्रपति निवास ?

बालुवाटारमा चार दलको बैठक छाडेर केपी ओली रातारात किन गए राष्ट्रपति निवास ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी
शर्मा ओली रातारात राष्ट्रपति निवास
शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चार दल र थारु
नेताबीच चलिरहेको वार्ता बैठक छाडेर अध्यक्ष ओली
विहीबार राति राष्ट्रपति डा. रामवरण यादवलाई
भेट्न शीतल निवास गएका हुन् ।
बैठक छाडेर ओली एकाएक राष्ट्रपति भेट्न गएपछि
नेताहरु अचम्ममा परेका छन् । एमाले स्रोतका अनुसार
अध्यक्ष ओली आगामी असोज तीन गतेको नयाँ
संविधान घोषणा, असन्तुष्ट पक्षसँगको वार्ता र
आगामी सरकारको नेतृत्व लिने विषयमा
राष्ट्रपतिसँग छलफल गर्न रातारात शीतल निवास
गएका हुन् ।
अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विद्या भण्डारी
पनि शीतल निवास गएकी छिन् । यता
बालुवाटारमा चार दलको वार्ता बैठक अहिले
चलिरहेको छ । वार्तामा विजय गच्छदार र थारु
नेताहरु सकारात्मक देखिएका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved