Home » » राष्ट्रपति र उप-राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिन्छः कांग्रेस महामन्त्री सिटौला

राष्ट्रपति र उप-राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिन्छः कांग्रेस महामन्त्री सिटौला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आश्विन ३०, २०७२- नेपाली
कांग्रेसका महामन्त्री
कृष्णप्रसाद सिटौलाले आफ्नो
पार्टीलाई वाइपास गरेर नयाँ
संविधानको कार्यान्वयन र असुन्तष्टि
सम्बोधनका लागि गरिने संशोधन गर्न
सम्भव नरहेको बताएका छन् । नेपाली
कांग्रेसको नेतृत्वमा मात्र नेपालको
समग्र राजनैतिक विकास सम्भव रहेको
सिटौलाले दाबी गरे ।
विराटनगर विमानस्थलमा आज बिहान
सञ्चारकर्मीहरूसित कुरा गर्दे सिटौलाले
नयाँ परिस्थितिमा नेपाली कांग्रेस
नयाँ ढंगले अगाडि बढ्ने बताए । उनले
सभामुख र उप-सभामुख तटस्थ पद भएकाले
त्यसमा नेपाली कांग्रेसले उम्मेदवारी
नदिएर सो पद तटस्थ बन्न सहयोग गरेको
बताउँदै राष्ट्रपति र उप-राष्ट्रपति
पदमा भने कांग्रेसले उम्मेदवारी दिने
बताए । तर राष्ट्रपति र उपराष्ट्रपतिमा
कांग्रेस आफ्नै पार्टीबाट उम्मेदवारी
दिने वा सहकार्य गरेर अरुलाई उठाउने
भन्ने प्रश्नमा उनले त्यसका लागि दुइचार
दिन पर्खनुपर्ने बताए ।
‘राष्ट्रपति र उपराष्ट्रपति पदमा
नेपाली कांग्रेसले लिने निर्णयबाट
नेपालको राजनीतिमा दुरगामी असर
पुग्छ,’ महामन्त्री सिटौलाले भने, ‘नयाँ
परिस्थितिमा नेपाली कांग्रेस नयाँ
ढंगले निर्णय गर्छ जसले नेपाली
राजनीतिमा दुरगामी असर गर्छ ।’
महामन्त्री सिटौला सुनसरीको
धरानमा पार्टीद्वारा आयोजित
कार्यक्रममा सहभागी हुन पूर्व आएका हुन्

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved