Home » » बढी भाडा लिने र दुःख दिने सरुवारीविरुद्ध ९८४१२२२८८३ मा उजुरी दिनुस्

बढी भाडा लिने र दुःख दिने सरुवारीविरुद्ध ९८४१२२२८८३ मा उजुरी दिनुस्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २ असोज । यातायात व्यवस्था
विभागले नेपालीको महापर्व दसैँको मौका छोपी
यात्रुसँग बढी भाडा उठाएको, विद्यार्थी सहुलियत
नदिएको जस्ता उजुरी बढी आएको भन्दै त्यसो नगर्न
आग्रह गरेको छ ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले २०७२ भदौ
२५ गतेदेखि कार्यान्वयनमा आए भन्दा बढी भाडा
लिने सवारी साधनलाई यात्रुले दिएको उजुरीका
आधारमा न्यूनतम पाँच हजार जरिवाना गरी
कारबाही गरिने भएकाले मनपरी भाडा नउठाउन
अपिल गर्नुभयो ।
‘इन्धनको अभाव, दसैँको अवसर जस्ता बहाना बनाएर
तोकिए भन्दा बढी भाडा उठाउन पाइँदैन, विधिवत्
रुट परमिट लिएर सरकारले तोकेको भाडाका
आधारमा सञ्चालन हुने सार्वजनिक सवारी साधन
बाह्रै महिना नियम अनुसार चल्नुपर्छ’, उहाँले भन्नुभयो

विभागको निर्देशन विपरीत बढी भाडा उठाएमा
ट्राफिक प्रहरीको १०३ नं र प्रवक्ता वसन्त
अधिकारीको मोबाइल नं ९८४१२२२८८३ मा बढी
भाडा लिने सवारीको नं सहित सूचना दिएर उजुरी
गर्न सकिने पनि उहाँले बताउनुभयो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved