भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ३ कात्तिक । तराई मधेस लोकतान्त्रिक
पार्टीका महामन्त्री जितेन्द्र सोनलले संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाको घोषित
नाकाबन्दीविरुद्ध भारतलाई जोडर भ्रम सिर्जना
गरेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि
धमलासँग कुरागर्दै महान्त्री सोनलले नाकाबन्दीमा
भारतको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो ।
‘मधेसी मोर्चाले घोषित रुपमा नाकाबन्दी लगाएका
हौँ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दीलाई लिएर
सरकारले जबरजस्ती भारतलाई तानेर भ्रम सिर्जना
गरिएको छ ।’ उहाँले नाकाबन्दीका विषयमा
भारतलाई जोड्न नहुने बताउनुभयो ।
सरकारसँग हुने वार्ताको विरोधी आफूहरू नरहेको
बताउनुभएका तमलोपा महामन्त्री सोनलले भन्नुभयो,
‘हाम्रा राजनीतिक मागका विषयमा सरकारमा
सहभागी अहिलेका थारु मन्त्रीहरूलाई थाहा छ ।
त्यस विषयमा ठोस प्रस्ताव ल्याएर आए सहमति हुन
सक्छ । अन्यथा वार्ता आयाराम गयाराम हुन्छ ।’
उहाँले फोरम लोकतान्त्रिकका मन्त्रीहरूले माग
सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिनुपर्ने
उल्लेख गर्नुभयो ।
संविधान संशोधन गरेर मात्रै मधेसी मोर्चाका माग
पूरा हुने बताउनुभएका सोनले प्रमुख प्रतिपक्ष
कांग्रेसलाई पनि विश्वासमा ल्याउनुपर्ने दायित्व
सरकारी पक्षको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको सहभागिता विना
संविधान संशोधन हुँदैन । त्यस विषयमा पनि सरकारले
ध्यान दिनु उचित हुन्छ ।’
महामन्त्री सोनलले आफूहरूको आन्दोलन र
नाकाबन्दीले जनताले दुःख नपाएको दाबी गर्नुभयो
।
‘हाम्रो नाकाबन्दीले जनताले दुःख पाएका होइनन्’,
उहाँले भन्नुभयो, ‘जनताले दुःख पाउनुमा सरकारको
दोष छ । हाम्रो दोष छैन । मधेसी मोर्चाको
आन्दोलन ६७ दिन हुँदा पनि माग सम्बोधन गर्नेतर्फ
ध्यान दिइएन । सरकार कानमा तेल हालेर बसेको छ ।’
आफूहरूका मागको सुनुवाइ नहुँदासम्म नाकाबन्दी
यथावत रहने महामन्त्री सोनलको भनाइ थियो ।

0 comments:
Post a Comment