Home » » कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


आश्विन ३०, २०७२-
प्रधानमन्त्री केपी शर्मा
ओलीले देश, जनता र मानव जातिप्रति
समर्पित, कानुनद्वारा निर्देशित,
कर्तव्यबाट अभिप्रेरित संगठनको रुपमा
नेपाल प्रहरी रहेको बताएका छन् ।
६० औँ प्रहरी दिवसको अवसरमा आज
प्रहरी प्रधान कार्यालयमा आयोजित
समारोहमा उनले राजनीतिक
हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका
उद्देश्यद्वारा निर्देशित र सञ्चालित
सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न
नेपाल प्रहरीलाई निर्देशन दिए ।
उनले भने, 'आफ्ना कर्तव्य, देश, जनता,
मानव जातिप्रतिको निष्ठा कानुनको
परिधिमा बिना बाह्य हस्तक्षेप,
समर्पित भएर स्वतन्त्र ढङ्गले अत्यन्तै
जिम्मेवारीका साथ भेदभाव र पक्षपात
नगरी, कुनै पनि प्रकारको भावना
नलिइकन काम गर्न निर्देशन दिन चाहन्छु
।'
कानुनी राज्य, देश जनता र कर्तव्य
निष्ठाप्रति अडिग रहनु नै भनसुन र
हस्तक्षेप जस्ता कुराबाट मुक्त हुने आधार
तयार पार्नु हो भन्दै प्रधानमन्त्री
ओलीले भने, 'नेपाल प्रहरी लैङ्गिक
समानताको हिसाबले उदाहरणीय
बनेको छ । यसको छवीलाई अझ
चम्किलो बनाउनु आवश्यक छ ।'
नेपाल प्रहरीको वृत्ति विकास, क्षमता
अभिवृद्धि र साधन स्रोत उपलब्ध गराउन
र प्रभावकारिता, मर्यादा र दक्षता
अभिवृद्धिको निम्ति सरकारका
तर्फबाट कुनै कसर बाँकी नराख्ने
विश्वास प्रधानमन्त्री ओलीले
दिलाएका छन् ।
शान्ति सुरुक्षा कायम गर्न, अपराध
नियन्त्रण गर्न र न्याय निरुपणका लागि
अग्रपङ्क्तिमा रहेर प्रहरीले खेल्दै आएको
भूमिका प्रसंशनीय रहेको बताउँदै
प्रधानमन्त्री ओलीले देशभित्र मात्रै
होइन विश्व समुदायमासमेत नेपाल
प्रहरीले आफूलाई कर्तव्यपालना र
अनुशासित सङ्गठनको पर्यायवाचीको
रुपमा स्थापित गराएको उल्लेख गरे ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त
अर्यालले नागरिक सुरक्षाको दृष्टिले
प्रहरी नागरिकको पर्यायवाची
बन्नुका साथै समाजको अभिन्न अङ्ग र
ऐना बन्न सफल भएको बताए ।
समारोहमा यस वर्ष कैलालीको
टीकापुर घटनामा अमरत्व प्राप्त गर्ने
प्रहरीका परिवारजनलाई सम्मान
गर्नुका साथै राज्य र प्रहरी सङ्गठनका
तर्फबाट उपलब्ध गराएको रकम प्रदान
गरिएको थियो । साथै विभिन्न
घटनामा परी वीरगति प्राप्त गर्ने
प्रहरीका परिवारलाई कदरपत्र र
आर्थिक सहयोग प्रदान गरिएको थियो
। यस्तै नेपाल प्रहरी श्रीमती संघबाट
अमर प्रहरी र वीरगति प्राप्त गर्ने
प्रहरीका परिवारलाई राहत वितरण
गरिएको थियो ।
समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी
प्रधान कार्यालयको हातामा रहेको
प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण
गर्नुका साथै प्रहरीद्वारा प्रकाशित
‘प्रहरी दर्पण २०७२’ लोकापर्णण गरेका
थिए ।
समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट
अर्वाड २०७२’ पूर्व प्रहरी अतिरिक्त
महानिरीक्षक अनन्तराम भट्टराईलाई
प्रदान गरिएको थियो । स्थानीय
तहसम्म उपस्थिति रहेको नेपाल प्रहरीको
हाल ६७ हजार जनशक्ति रहेको छ ।
रासस

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved