Home » » चुरेमा पाइला राख्न नदिने चुरेभावरको चेतावनी, रोकेर देखाउन राजेन्द्र महतोको चुनौति

चुरेमा पाइला राख्न नदिने चुरेभावरको चेतावनी, रोकेर देखाउन राजेन्द्र महतोको चुनौति

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिरहा, १७ मंसिर । सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले चुरेमा जान आफूलाई कसैलेरोक्न नसक्ने बताएका छन् ।सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाईसम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडाप्रतिकारको चेतावनी दिएको थियो ।तर, उक्त चेतावनीलाई व्यवस्था गर्दै महतो केहीबेरमा चुरे भएरै नवलपुर जाने तयारीमा छन् । महतोले चुनौति दिँदै भने–चूरेभावरको क्षेत्र हुंदै म नवलपुर पुगेरै छाड्छु, कसैले रोक्न सक्छ भने रोकेर देखाओस् । यता चुरे भावरका अध्यक्ष बद्री न्यौपानेलेमहतोलाई कुनै हालतमा चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने बताए ।यसअघि चुरे भावरले सर्लाहीमा राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई तीन किलोमिटरटाढासम्म लखटेको थियो । जसमा महतोकी श्रीमतीको गाडी समेत तोडफोड भएको थियो ।dainiknepal

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved