Home » » 'माघ ८ को मध्यरातमा भए पनि संविधान आउँछ'

'माघ ८ को मध्यरातमा भए पनि संविधान आउँछ'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पर्वत : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले
आगामी माघ ८ गते जुनसुकै अवस्थामा पनि संविधान
जारी गरेरै छाड्ने दाबी गरेका छन्। एमाले पर्वतको
आठौं जिल्ला अधिवेशनको मंगलबार पर्वत सदरमुकाम
कुस्माबजारमा उद्घाटन गर्दै नेपालले नेताहरूले जहिले
पनि ढिलोढिलो काम गर्ने भएकाले अन्तिम घडीमा
भए पनि माघ ८ गते राति १२ बजेसम्म संविधान जारी
हुने बताए।
संविधान जारी हुनेमा केही आशा र केही निराशा
रहेको बताउँदै उनले तर पनि दलहरूको पछिल्लो समयको
सक्रियताका कारण संविधान जारी गर्ने सम्भावना
प्रचुर देखिएको बताए। उनले असहमतिलाई फरक मतका
रूपमा राखेरै माघ ८ मा संविधान जारी गर्न
एमाओवादी र मधेसवादी दललाई आग्रह पनि गरे।
संविधान निर्माणका क्रममा सबै पक्षका मागहरूमा
सहमति कायम नहुने भएकाले आफ्ना मागलाई फरक
मतका रूपमा दर्ता गरेर संविधानमा सहमति कायम
गर्नुपर्ने धारणा नेपालको थियो। एमाले २०४७
सालको संविधानमा फरक मत राखेर संविधान जारी
गर्न सहयोगी बनेको बताउँदै उनले एमाओवादीलाई
पनि त्यही बाटो अपनाउन आग्रह गरे।
उनले सबै दल र पक्षसँग छलफल भैरहेकाले संविधान जारी
गर्न सहमति कायम हुने विश्वास व्यक्त गरे। 'सहमतिका
साथ तोकिएकै अवधिमा संविधान जारी गर्ने
दायित्व भएकाले सबैले सहमति गर्नेछन्', उनले भने,
'सहमतिका लागि सबै पक्षसँग छलफल भएकाले यो
निष्कर्षमा पुग्नेछ।'
एमालेले संघीयतासहितको लोकतान्त्रिक संविधान
निर्माण गर्न चाहेको बताउँदै उनले जातीयताका
आधारमा मुलुक विभाजित हुने गरी संविधान जारी
गर्न नसकिने स्पष्ट पारे। 'संविधान निर्माण गर्दा
मुलुक टुक्र्याउनेभन्दा जुटाउने हिसाबले बनाउनुपर्छ',
उनले भने, 'सबै जातिको सम्मान, स्वशासन, सुशासन र
अधिकारकै अधारमा संघीयता हुन्छ।' उनले एमाले
जनजाति र मेधसविरोधी पार्टी नभएको पनि स्पष्ट
पारे।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य
श्रीमाया थकाली, गणेश तिमिल्सिनालगायतले
सम्बोधन गरेका थिए। तीन दिनसम्म सञ्चालन हुने
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि
एमाले पर्वतका उपाध्यक्ष र सचिवालय सदस्यबीच
प्रतिस्पर्धा छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved