भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई– सुजित सरकार निर्देशक रहेको फिल्म
पिकूको ट्रेलर रिलिज भएको छ। फिल्ममा
दीपिका पादुकोणलाई दिल्ली निवासी
आधुनिक युवतीको भूमिकामा देखाइएको छ।
पीकू आफ्ना 'डिमान्डिङ' बुवा (अमिताभ
बच्चन) सँगै कामको पनि ख्याल गर्छिन्।
बुवासँग दिल्लीदेखि कोलकोता जाँदाको
कथा फिल्ममा छ।
फिल्ममा दीपिकाले आर्किटेक्ट
इन्जिनियरको भूमिका निर्वाह गरेकी छिन्।
निर्देशक सरकारले पिता छोरी सम्बन्धलाई
सरल ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छन्।
फिल्ममा इरफान खानलाई रोमान्टिक
भूमिकामा देख्न पाइनेछ। मौसमी चटर्जी पनि
एक पारिवारिक भूमिकामा देखिनेछिन्।
फिल्म ८ मेदेखि प्रदर्शन हुने जनाइएको छ।
भिडियो
Loading...
0 comments:
Post a Comment