भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई
अहिले अमेरिकामा छन् । अमेरिकाको छोटो
बसाइका क्रममा हमालले मधुलाई उनको त्यहाँ रहेका
आफन्तसँग पनि भेट गराइरहेका छन् । हमालसँग अमेरिका
पुग्दा मधु पनि खुशी देखिएकी छिन् ।अनलाईन खबर
डटकममा खबर छ ।
अमेरिकामा रहेको ‘ ह्वाइट हिमाल टेलिभिजन’ सँग
कुरा गर्दै हमाल र मधुले आफ्नो बैबाहिक जिवन र
आगामी यात्रा साटेका छन् । मधुले हमालसँगको
जिवन आनन्दमय भएको बताएकी छिन् । उनले जिवन
भनेको जस्तो बनायो त्यस्तै बन्ने हो भन्दै दुबै जनाको
मायाले गर्दा सुन्दर बनेको बताइन् । उनले आफू राजेशसँग
जहाँ घुम्न गएपनि आनन्द महशुश गर्ने बताइन् ।अनलाईन
खबर डटकममा खबर छ ।
राजेश हमालको व्यस्तताका कारण आफूले समय
नपाएपनि कहिलेकाही निक्लदा यसरी घुम्न निस्कने
बताइन् ।
नायक राजेश हमालले बिहे पछि एउटै फ्रेममा मधुलाई
राखेर कुरा गर्दै उनलाई पहिलो पटक देख्दा नै मन
पराएको राज खोलेका हुन् ।
केही बर्ष अगाडि आयोजना भएको ‘ लक्स ब्यूटी
स्टार’ नामक कार्यक्रममा निर्णायक बनेर पुगेका
हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका
थिए । यहीबाट नै उनीहरुको प्रेम यात्रा सुरु भएको
हमालले खुलाएका छन् । हायात होटलका जेनेरल
म्यानेजरले कार्यक्रम सुरु हुनुभन्दा अगाडि आफूलाई कुन
यूवती मन पर्यो भनेर सोध्दा आफूले मधुलाई देखाएको
रहस्य पनि हमालले खोलेका छन् ।अनलाईन खबर
डटकममा खबर छ ।
हमालले दिएको उनको भिजिटिङ कार्डबाट नै मधुसँग
उनको प्रेमको मुना पलाएको थियो । मधुको स्वभाव
र वुझ्ने शैलीले आफूलाई तानेको हमालले खुलाएका छन्
। तर , मधुले भने हमालका सबै बानी मन पर्ने बताएकी
छिन् । हमाल मिठो भन्दा पनि स्वास्थ्यकर खाना
खाने भएकाले पनि आफूलाई पकाउन सजिलो लाग्ने
मधुको भनाई छ ।अनलाईन खबर डटकममा खबर छ ।
बैबाहिक जिवनमा एक अर्कालाई संझने क्षमता र वुझ्ने
क्षमता हुनुपर्ने हमालको भनाई छ । दुबै व्यक्तिले एक
अर्का जस्तो बन्नुपर्छ भन्ने सोचाई राख्नु भन्दा बुझ्न
सक्ने क्षमता हुनुपर्छ भन्ने हमालको भनाई छ ।
यती भन्दै हमालले मधुलाई हामी एक अर्कालाई वुझ्छौ
नि होइन भन्दै सोधेका थिए । मधुले पनि अहिलेसम्म
भनेपछि हमालले हाम्रो डिभोर्स त हुँदैन नि भनेर
मधुलाई प्रश्न सोझाएका थिए ।
मधुले पनि हाँस्दै ‘ के तपाई मलाई डिभोर्स दिनुहुन्छ’ ?
भनेर प्रश्न राखिन् । हमाल दम्पत्तीले अहिले नै
बच्चाको बारेमा नसोचेको बताएको छ । भर्खर मात्र
बिहे भएकाले अहिले नै बच्चालाई केन्द्रमा राखेर
अगाडि नबढेको यो जोडीको भनाई छ । मधुले
हमाललाई आफूले नै केयर गर्नुपर्ने भएकाले बच्चाको
बारेमा नसोचेको बताइन् । अनलाईन खबर डटकममा खबर
छ ।
Source - www .onlinekhabar .com
0 comments:
Post a Comment