Home » » बीचको बाटोबाट सहमति खोजौं : भट्टराई

बीचको बाटोबाट सहमति खोजौं : भट्टराई

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा- एमाओवादीका वरिष्ठ नेता बाबुराम
भट्टराईले कांग्रेस र एमालेले अपनाएको प्रक्रियाबाट
संविधान जारी भए कुनै हालतमा स्वीकार्य नहुने
बताएका छन्।
जनताले अस्विकार गर्ने तरिकाले संविधान आए
भोलिपल्टै विरोध हुने उनले बताए। बीचको बाटो
अपनाएर सहमति गर्नुपर्ने उनको भनाइ थियो।
'अहिले जनादेश र मतादेशबीच विवाद भइरहेको छ।
अर्को सहमति नगरी अहिलेकै तरिकाले संविधान आए
त्यो स्वीकार्य हुदैन,' शुक्रबार पोखरामा भएको
अन्तर्क्रियामा उनले भने, 'नयाँ समझदारी नगरी
अहिलेकै ढंगले अघि बढ्न खोजे राम्रो हुँदैन। त्यसैले
बीचको बाटो खोजौं।' नयाँ सहमति नगरी अघि बढे
पहिलेकै ढंगले संविधान जारी हुने र त्यो मान्य नहुने
उनले बताए।
समावेशी समानुपातिक लोकतन्त्र र संघीयता कुनै
हालतमा पनि छाड्न नसक्ने उनले बताए। 'यी दुई
विषय छाड्ने भए एमाओवादीले आन्दोलन नै
गर्दैन्थ्यो। यी विषय थाती राखेर भोलि
पाइनेवाला पनि छैन,' उनले भने, 'हामी हदैसम्मको
लचिलो बनेका छौं।' संघीयताको मामलामा एमाले
र कांग्रेसका केही नेताहरु लचिलो बन्न नसकेको उनले
बताए।
बीचको बाटो अपनाएर सहमति गर्न सकिने उनले
बताए। 'अहिले अवरुद्ध प्रक्रिया अघि बढाउन
बीचको बाटो अपनाउने प्रयासमा छौं,' उनले भने,
'धेरै कुरा मिलेको छ। तर, थोरै सहमति नहुँदा कामै
अघि बढेको छैन।' एमाओवादीले भनिरहेको १०
प्रदेशबारे अन्य दलहरुले अड्डी कस्ने हो भने नजिक
नजिकका भाषिक र जातीय समुदायलाई संयुक्त
पहिचान दिएर सहमति खोज्ने प्रयासमा लागेको
उनले बताए।
'हामीले संयुक्त पहिचान दिलाएर प्रदेश संख्या
घटाउने बीचको बाटो अपनाएका पनि हौं। तर,
त्यो पनि अहिलेसम्म उनीहरुले मानेका छैनन,' उनले भने,
'यसो र उसो केही गरी मानेका छैनन्। हामी
अधिकतम लचिलो बन्दाबन्दै पनि अन्य दलले अटेर
गरेका छन्।'
अन्य दलको अटेरले गर्दा ३० दलले आन्दोलन गर्नुपरेको
उनले बताए। 'हामीले आन्दोलन रहरले गरेका होइनौं,
बाध्यता हो,' उनले भने, 'आन्दोलन गरेर जनतालाई दुख
दिन चाहेका होइनौं। तर, विभेद्मा परेको जनतालाई
राज्यसत्तामा सहभागी गराउन खोजेका हौं।'
उनले आन्दोलन भन्दैमा सशस्त्र विद्रोह गर्न नखोजेको
पनि प्रस्टाए। 'अहिले सशस्त्र विद्रोहको आवश्यकता
पनि छैन। सशस्त्र विद्रोह सम्भव पनि छैन,' भट्टराईले
भने, 'मात्र संहमतिबाट संविधान बनाउँ भनेका हौं।'
३० दलीय मोर्चाको माग पूरा नहुन्जेल आन्दोलन
नरोकिने उनले बताए। 'आन्दोलन वर्षौंसम्म पनि
लम्बिन सक्छ। माग पूरा नहुन्जेल हामी चुप बस्दैनौं,'
उनले भने।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved