Home » » प्रधानमन्त्री कोइरालाले भने,‘डा. केसी मरे म के गरौं त ?’

प्रधानमन्त्री कोइरालाले भने,‘डा. केसी मरे म के गरौं त ?’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,चैत १४ – चिकित्सा शिक्षा र
मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य
माग बनाई अनशन बसिरहेका डा. गोविन्द
केसीको स्वास्थ्य स्थितिप्रति प्रधानमन्त्री
सुशील कोइराला अत्यन्त नकारात्मक रुपमा
प्रस्तुत भएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले
नेता माधवकुमार नेपालसहितको उपस्थितिमा
नागरिक समाजको एउटा प्रतिनिधिमण्डलसमक्ष
बिहीबार प्रधानमन्त्री कोइरालाले डा.
केसीप्रति लक्षित गर्दै भने,– चिकित्सा
शिक्षा र मेडिकल कलेज सम्बन्धनको
स्तरीयतालाई मुख्य माग बनाई अनशन बसिरहेका
डा. गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति
प्रधानमन्त्री सुशील कोइराला अत्यन्त
नकारात्मक रुपमा प्रस्तुत भएका छन् ।
पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार
नेपालसहितको उपस्थितिमा नागरिक
समाजको एउटा प्रतिनिधिमण्डलसमक्ष
बिहीबार प्रधानमन्त्री कोइरालाले डा.
केसीप्रति लक्षित गर्दै भने,‘मरे मरिरहन्छन् त म के
गरौं त ?’ उनकौ असमान्य प्रतिक्रियाले
प्रधानमन्त्री निवासमा उनीसँगै रहेका धेरैलाई
एकछिन स्तब्ध बनायो । तर,यो अभिव्यक्ति
कसैले बाहिर ल्याएन । दिउँसो ५ बजेदेखि ५ः३०
सम्म नागरिक समाजको टोलीले
प्रधानमन्त्रीसँग डा. केसीको स्वास्थ्य अवस्था
चिन्ताजनक बन्दै गएको र माग जायज रहेकाले
तत्काल आवश्यक कदम उठाउन आग्रह गरिरहेकै बेला
अर्को कामको सिलसिलामा एमाले नेता
माधव नेपाल पनि त्यहाँ पुगेका थिए ।
भारतका लागि प्रस्तावित राजदूत दीपकुमार
उपाध्याय र कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुको
उपस्थितिमा नागरिक समाजका कनकमणि
दीक्षित ,डा. केदारनरसिंह केसी,चरण
प्रसाईं,सुवोध प्याकुरेलले अनशन बसेकै बेला
गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु
भएजस्तो घटना नदोहोरियोस् भनी आग्रह गर्दा
प्रधानमन्त्री कोइरालाले आफ्नो आक्रोस
थाम्न सकेनन् । ‘मरे मरिरहुन्,म के गरौं त ?’ भनी
सकेपछि उनी पनि मत्थर भए । आजको अन्नपूर्ण
पोष्ट दैनिकमा खबर छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved