Home » » सिमेन्टमा १९ अर्ब चिनियाँ लगानी भित्रिँदै....

सिमेन्टमा १९ अर्ब चिनियाँ लगानी भित्रिँदै....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, चैत्र १ - चीनको दसाैं ठूलो सिमेन्ट
उत्पादक होङ्सी ग्रुपले नेपालमा लगानी गर्ने
भएको छ । नेपालको शिवम् सिमेन्ट कम्पनी र
होङ्सी ग्रुप संयुक्त लगानीका लागि तयार
भएका हुन् । ४० अर्ब रुपैयाँ लगानीको समझदारी पत्र
(एमओयू) मा मंगलबार हस्ताक्षर हुँदैछ ।
लगानी बोर्डका अनुसार दुई कम्पनीले ५१ र ४९
प्रतिशतको अनुपातमा सेयर लिने छन् । जसअनुरूप
चिनियाँ कम्पनीले कम्तीमा १९ अर्ब
रुपैयाँ लगानी गर्नेछ । उद्योगको प्रत्यक्ष वैदेशिक
लगानी (एफडीआई)
स्वीकृति निम्ति लगानी बोर्डमा छिट्टै
प्रक्रिया अगाडि बढ्ने भएको छ ।
'औपचारिक प्रस्ताव
बोर्डको कार्यालयमा परिसकेको छैन ।
होङ्सी ब्रान्ड नेपाल आउने पक्कापक्की छ,'
बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले
कान्तिपुरसित भने,
'मंगलबारको एमओयूपछि औपचारिक प्रस्ताव
बोर्डमा आउला ।' समझदारीपत्रमा हस्ताक्षर र
लगानी प्रक्रिया अघि बढाउन
होङ्सीका लगानीकर्ता केही दिनअघि काठमाडांै
आइसकेका छन् ।
१० अर्ब रुपैयाँभन्दा बढीको एफडीआई प्रधानमन्त्रीले
अध्यक्षता गर्ने बोर्डबाट स्वीकृत गराउनुपर्ने
प्रावधान छ । त्यसपछि उद्योग विभाग र
कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता
गर्नुपर्छ । १० अर्ब
रुपैयाँभन्दा कमको लगानीचाहिँ उद्योगमन्त्रीले
अध्यक्षता गर्ने औद्योगिक प्रवर्द्धन बोर्डबाट स्वीकृत
गराउनुपर्छ । 'उनीहरूले खानीसमेत पहिचान
भइसकेको जनाएका छन्,' पन्तले भने, 'कुन ठाउँ हो भन्ने
विषयमा जानकारी गराएका छैनन् ।'
होङ्सी उत्पादनका आधारमा चीनका प्रमुख १०
सिमेन्ट उद्योगभित्र पर्छ । यो होङ्सी होल्डिङ
ग्रुपअन्तर्गतको कम्पनी हो । होङ्सी होल्डिङ ग्रुपले
सन् २००२ देखि सिमेन्ट उत्पादनमा हात हालेको हो ।
कम्पनीले १० हजार जनालाई रोजगारी दिएको छ ।
ग्रुपको सम्पत्ति मात्रै (१५ दशमलव ३ बिलियन युआन)
२ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ छ । नेपाली साझेदार
शिवम् सिमेन्टले २०६१ सालमा ११ करोड ५० लाख
रुपैयाँमा उद्याेग दर्ता गरी सिमेन्ट उत्पादन
गरिरहेको छ ।
यो नेपालमा सिमेन्ट उत्पादन निम्ति आउन
लागेको तेस्रो ठूलो वैदेशिक लगानी हो ।
यसअघि नाइजेरियाको डाङगोटे कम्पनीले सिमेन्टमै
लगानी गर्ने स्वीकृति पाइसकेको छ । अफ्रिकै
सबैभन्दा धनी एलिको डाङगोटेले नेपालमा ७३ अर्ब
रुपैयाँ लगानी गर्न लागेका हुन् । भारतको रिलायन्स
ग्रुपले सिमेन्टमा लगानी निम्ति बोर्डबाट
अनुमति लिइसकेको छ । भारतीय अर्बपति अनिल
अम्बानी स्वामित्वको उक्त कम्पनीले ४० अर्ब
रुपैयाँ लगाउँदै छ ।
होङ्सीसँग संयुक्त लगानी गर्ने शिवम्
सिमेन्टका प्रवर्द्धकहरूले लगानी निम्ति छलफल
भइरहेको तर मोडालिटी टुंगो लागिनसकेको बताए ।
'लगानी गर्ने विषयमा कुराकानी भइरहेको छ,'
लगानीकर्तामध्येका सतिश मोरले भने, 'के कसरी भन्ने
सबै विषय टुंगो लागेको छैन ।'
जलविद्युत्देखि ठूला पूर्वाधारमा स्वदेशी तथा विदेशी
आकर्षण बढेसँगै त्यसका लागि आवश्यक पर्ने
सिमेन्टमा पनि लगानीकर्ताको चासो बढेको देखिन्छ
। विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्ताले समेत
सिमेन्टमा लगानी बढाउँदै लगेका छन् ।
दुई वर्षमा करिब आधा दर्जनभन्दा बढी नयाँ सिमेन्ट
उद्योगले उत्पादन सुरु गरेका छन् ।
यससँगै सिमेन्ट आयात निकै घटेको छ । भन्सार
विभागका अनुसार गत आर्थिक वर्षको ६
महिनामा सिमेन्ट खरिद गर्दा नेपालबाट ३ अर्ब ३२
करोड रुपैयाँ बिदेसिएको थियो । चालु आर्थिक
वर्षको ६ महिनामा २ अर्ब ८० करोडले घटेर ५२ करोड
रुपैयाँमा झर्यो । यो गिरावट झन्डै ८५ प्रतिशत हुन
आउँछ । नेपाली सिमेन्ट उद्योगले यो पटक आयात
प्रतिस्थापन गर्ने काम मात्रै गरेका छैनन् । निर्यात
गरी ८२ लाख रुपैयाँ विदेशी मुद्रासमेत आर्जन गर्न सफल
भएका छन् । आर्थिक वर्ष ०६९/७० को तुलनामा ०७०/७१
को छ महिनामा पनि सिमेन्ट आयातमा २७
प्रतिशतले गिरावट आएको थियो । उक्त
आधारमा हरेक वर्ष सिमेन्ट आयातमा गिरावट
आइरहेको देखिन्छ ।
केही वर्षभित्र स्वदेशी र विदेशी गरी थप
आधा दर्जनभन्दा बढी उद्योगले सिमेन्ट उत्पादन गर्ने
तयारी गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक
संघका अनुसार अहिलेसम्म नेपालमा ४८ वटा सिमेन्ट
उद्योग छन् । त्यसमध्ये १३ वटा उद्योगले सिमेन्ट र
क्लिङ्कर दुवै उत्पादन गरिरहेका छन् । अन्य उद्योगले
क्लिङकर भारतबाट आयात गर्छन् । प्रत्यक्ष रूपमा १५
हजार जनाले सिमेन्ट
उद्योगमा रोजगारी पाएका छन् । यसको पाँच
गुणा बढी अप्रत्यक्ष रोजगारी चलायमान
रहेको संघको दाबी छ ।
सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई नीतिगत
रूपमा सहयोग गर्दै अाएको छ । आयात निरुत्साहित
गर्न सिमेन्ट, क्लिङ्करको भन्सार महसुल यस वर्षबाट
बढाएको छ ।
चालु आर्थिक वर्षको बजेटले सिमेन्ट र
क्लिङ्करमा प्रतिटन क्रमशः ३ सय र २ सय
रुपैयाँका दरले भन्सार महसुल बढाइएको थियो ।
यसअघि सिमेन्टमा प्रतिटन करिब ३ हजार ७ सय र
क्लिङकरमा २ हजार २ सय रुपैयाँ मात्रै
बुझाउनुपथ्र्यो । यससँगै सरकारले औद्याेगिक पूर्वाधार
विकास कार्यक्रम मार्फत सिमेन्ट
उद्योगहरूमा विद्युत् जोडेको रकम शोधभर्ना दिन
थालेको छ । पहुँचमार्गबाट नजिकै विभिन्न
जिल्लामा १ अर्ब
टनभन्दा बढी चुनढुंगा रहेको औपचारिक तथ्यांक
सार्वजनिक भइसकेकाले पनि यसमा आकर्षण देखिन्छ ।
खानी तथा भूगर्भ विभागले गरेको अध्ययनअनुसार
मुलुकमा ५४ करोड टन प्रमाण्ाित, ११ करोड टन अर्ध
प्रमाण्ाित र ४२ करोड टन सम्भाव्य गरी १ अर्ब ७
करोड टन चुनढुंगा पत्ता लागेको छ । उदयपुर, धनकुटा,
मकवानपुर, ललितपुर, धादिङ, स्याङ्जा, अर्घाखाँची,
सुर्खेत, दाङ, सल्यान, बैतडी, पाल्पालगायत
जिल्लामा चुनढुंगा खानी छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved