Home » » रानीबारी हत्याकाण्डका अभियुक्त १२ वर्षपछि पक्राउ(पढ्नुस कसरी सुल्झियो घटना)

रानीबारी हत्याकाण्डका अभियुक्त १२ वर्षपछि पक्राउ(पढ्नुस कसरी सुल्झियो घटना)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, चैत्र १ - प्रहरीले १२ बर्ष अघि भएको रा
नीबारी हत्याकाण्ड को दुई अभियुक्तलाई पक्राउ
गरेको छ । राजधानीको रानीबारीमा १२ बर्ष
अघि भएको दम्पत्ति हत्या काण्ड प्रहरीले
सुल्झाएको हाे । २०५९ असार ३१ मा रानीबारस्थित
एक घरमा ईन्जिनियर हेमन्त श्रेष्ठ र
उनकी पत्नि अञ्जलीको खुकुरी प्रहार गरी हत्या गर्ने
दुई आरोपीलाई प्रहरीको केन्दि्रय अनुसन्धान
ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । ब्युरो प्रमुख
नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्लले प्रहरीले
यसअघि गरेका अनुसन्धानका प्रतिवेदनलाई पल्टाउँदै
अनुसन्धान सुरु गरेको ६ महिनामा आरोपीहरू पक्राउ
परेको बताए ।
प्रहरीले श्रेष्ठ दम्पत्तिलाई एकाबिहानै खुकुरी प्रहार
गरेर बिभत्स हत्या गर्ने दोलखा घर भएका ३० बर्षीय
मनराज गुरुङ र रामेछाप घर भएका ३२ बर्षीय प्रमेश
चौहानलाई पक्राउ गरेको हो । १२ बर्ष अघि यि दुई
युवा क्रमस १८ र २० बर्षका थिए । मल्लका अनुसार
यिनीहरुलाई कोही एक ब्यक्तिले 'सुपारी' दिएर
श्रेष्ठ दम्पत्तिका घरधनी गीता खडकालाई मार्न
अहृाएका थिए । पहिला श्रेष्ठ दम्पत्तिसंग
घरमा कोठा खोज्ने बहानामा नजिकिएका उनीहरुले
उनै दुईर्लाई सुरुमा मारेर त्यसपछि खडकालाई मार्न
माथिल्लो तलामा पुगेका थिए । खडका सौचालय
भित्र लुकेर हल्ला गर्न थालेपछि यिनीहरु रगत चुहिदैं
गरेको खुकुरी बोकेर भागेको प्रहरीको अनुसन्धानले
जनाएको छ । ब्युरो प्रमुख डीअाईजी मल्लका अनुसार
यिनीहरुलाई ६ लाख
रुपैंयामा कोही तेस्रो ब्यक्तिले खडकालाई मार्ने
सुपारी दिएको थियो ।
'सुपारी दिने ब्यक्तिको पहिचान भएको छ, तर
ति ब्यक्ति बिदेशमा भएका कारण अहिले थप बिबरण
खोल्न मिल्दैन' मल्लले भने 'ति ब्यक्तिलाई नेपाल
झिकाउने कोशिस गरिरहेका छौं ।' उनका अनुसार
खडकालाई उनको पारिवारीक बिबाद कै कारण
कसैले मार्ने योजना बनाएको थियो ।

कसरी परे श्रेष्ठ दम्पत्ति ?
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार
सुपारी पाएपछि गुरुङ र चौहान
खडकाको घरमा डेरा खोज्ने बहानामा आउने जार्ने
गर्न थालेका थिए । बाबु स्विटजरल्याण्ड र
आमा दार्जिलिङ बस्ने भएकाले भाडा तिर्न
समस्या नरहेको भन्दै उनीहरु त्यहाँ आउने जाने गर्थे ।
खडकाको घरको भुईतलामा बस्ने श्रेष्ठ दम्पत्तिसंग
नजिकिएका थिए । खडका बस्ने
माथिल्लो तलामा जान श्रेष्ठको तला हुदै भित्रैबाट
भर्याङ थियो । घटना घटाउनु भन्दा एक
हप्ता अघि देखी नै यो समुहले
खडकाको घरमा रेकी सुरु गरेको थियो ।
त्यहि रेकीका क्रममा धेरैपटक श्रेष्ठ दम्पत्तिसंग भेटघाट
गरेपछि आफ्नो पहिचान खुल्ने डरले सुरुमा नै श्रेष्ठ
दम्पत्तिको हत्या गरिएको प्रहरीको भनाई छ ।
घटना घटेका दिन पनि बिहान ६ बजे नै
दम्पत्तिको डेरामा पुगेका उनीहरुले
माथिल्लो तलामा रहेकी खडकालाई भेट्न
आएको खबर पुर्याएका थिए । तर खडकाले भेट्न
अस्विकार गरेपछि केहि समय बसेर उनीहरुले श्रेष्ठ
दम्पत्ति माथी आक्रमण गरेका थिए । श्रीमान
श्रीमतीलाई मारेपछि उनीहरुले श्रेष्ठकी ७
बर्षीया छोरी आज्ञाश्वरी श्रेष्ठलाई समेत मार्ने
कोशिस गरेका थिए । तर उनी बाथरुम भित्र छिरेर
बचेकी थिईन् । त्यसपछि उनीहरु
माथिल्लो तलामा रहेकी मुख्य तार्गेट खडकालाई
मार्न उक्लिएका थिए । उनले भित्रबाट
देखेपछि बाथरुम भित्र लुकेर त्यसको झ्यालबाट
छिमेकीलाई हल्ला गरेकी थिईन् । बाथरुम
ढोका फोड्ने कोशिस गरेका उनीहरुले
छिमेकीको हल्लापछि छाडेर भागेका थिए ।

कसरी सुल्झियो घटना ?
रानीबारीको श्रेष्ठ दम्पत्ति हत्याकाण्डले
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
चासो पाएको थियो । सञ्चार माध्यममा खास
महत्व पाएको उक्त घटनाले
काठमाडौंमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर
आउने हरेक
प्रहरी अधिकारीका लागि चुनौतीको बिषय बन्ने
गरेपनि कसैले पार लगाउन सकेका थिएनन् ।
यो घटनाका अपराधी पक्राउ गर्न महानगरीय
प्रहरी अपराध महाशााखा, काठमाडौं परिसर
लगायतका कार्यालयहरु पछिल्लो समय समेत लाग्ने
गरेका थिए । नयाँ कार्यालय प्रमुख सरुवा भएर पुग्ने
बित्तिकै उनीहरुले पेश गर्ने
आफ्नो कार्ययोजनामा रानीबारी हत्याकाण्डसंगै
अरु घटनाहरु जोडिने गर्थे । तर नयाँ अपराधका घटनाहरु
हुन थालेपछि पुराना घटना थिचिने गरेका थिए ।
गंभिर अपराधको अनुसन्धान गर्न
स्थापना गरिएको केन्दि्रय अनुसन्धान ब्युरोले समेत
सुरुका केही बर्ष अनुसन्धान गर्ने बताए पनि खासै
प्रगती गर्न सकेन । तर ब्युरोमा नायब महानिरीक्षक
मल्ल गएपछि उनले पुराना घटनाको फाइल पल्टाउँदै
ति घटनाको अनुसन्धान गर्न छुट्टै टोली नै बनाईदिए ।
असोज देखि सुरु
भएको उनका प्रहरी कर्मचारीको निरन्तर मिहेनतले रङ
देखायो । साल्सा डान्सबार र रेष्टुरेन्ट चलाएर
बसेका दुई जनालाई उनीहरुले पक्राउ गरे ।
प्रहरीका अनुसार श्रेष्ठ दम्पत्तिलाई मारेको ९
महिनापछि २०६० जेठ १७ गते
राजधानीको गोलढुङगामा घटेको घटनाले
प्रहरीलाई केहि आधार दिएको थियो । बैदेशिक
रोजगार ब्यावसायमा नै
रहेकी लिलमाया गिरीलाई आफ्नै श्रीमानले
सुपारी दिएर हत्या गर्न
लगाउँदा त्यसको सुपारी लिने यि दुई ब्यक्ति नै
थिए । दुई लाख रुपैंया सुपारी लिएर गरिएको उक्त
हत्याकाण्डमा गुरुङ र चौहान पक्राउ परेका थिए ।
सर्वस्व सहित २० बर्ष कैद तोकिएका उनीहरु २०७९
सालमा रिहा भएका थिए । यसअघि गरिएका कुनै
पनि अनुसन्धानले यि दुई ब्यक्तिलाई पहिचान गर्न
सकेको थिएन । तर
गिरीको जसरी हत्या भएको थियो, श्रेष्ठ
दम्पत्तिको पनि त्यसरी नै हत्या भएको थियो ।
गिरीलाई मार्न जानेहरुले सुरुमा डेरा कोठा खोज्दै
घरमा पुगेका थिए । यता श्रेष्ठको घरमा पनि यिनै दुई
ब्यक्ति डेरा खोज्ने बहानामा पुगेका थिए । प्रहरीले
परिस्थितीजन्य प्रमाणले पुष्टि गर्दै
उनीहरुको संलग्नता प्रमाणित गरेको हो । योसंगै
उनीहरुलाई रगत चुहिदै गरेको खुुकुरी बोकेर
हिडेको देख्ने ब्यक्ति र मृतक दम्पत्तिकी छोरीले
बनाएको स्केचले समेत प्रमाणित गरेको छ । योसंगै
प्रहरीको पोलीग्राफ परिक्षणमा समेत उनीहरु
अनुत्तिर्ण भएका छन् ।
यो घटना अनुसन्धानका लागि १८ वटा समितीहरु
बनाइएका थिए । जिल्ला तह देखि प्रहरी मुख्यालयले
फरक/फरक तहका समिती बनाइए । घटना लगत्तै
तत्कालिन अपराध महाशाखा प्रमुख प्रहरी उपरिक्षक
(एसपी) रामचन्द्र खनालको संयोजनमा समिती गठन
गरेको थियो । त्यसले हत्याको कारण र
हत्यारा केही पत्ता लगाउन सकेन । प्रहरीले
त्यो बेला घर धनी खडकालाई नै घटनाको मुख्य
दोषी मानेको थियो । उनलाई पक्राउ गरेर
अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।
उनी ३ महिनापछि रिहा भईन् ।
खनालपछि महाशाखामा आएका अर्का प्रमुख
अवकास प्राप्त अत्तिरिक्त महानिरीक्षक विनोद
सिंहले
प्रहरी निरीक्षकको संयोजनमा अर्को समिती बनाए
। त्यो समितीले अनुसन्धान पश्चात वैदेशिक रोजगार
ब्यावसाय गर्दै अाएकी खडकाको ब्यावसायिक
साझेदारका कारण श्रेष्ठ
दम्पत्तिको हत्या भएको हुनसक्ने अनुमान गर्यो । तर
प्रमाण जुटेन । त्यसपछि प्रहरी मुख्यालयको अपराध
अनुसन्धान बिभागले नै अनुसन्धान थाल्यो ।
त्यो अनुसन्धानले पनि चुरो पत्ता लगाउन सकेन ।
नयाँ अनुसन्धानको सुरुवात गरेको सीआईबीले
सुरुमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरु अध्ययन
गर्र्यो । ति १८ वटा प्रतवेदनमा फरक/फरक कारण र
अनुमान दर्शाइएका थिए । ति कारणहरु माथी टेक्दै
अनुसन्धान गर्दै अघि बढ्दा निचोड
निस्किएको डीअाईजी मल्ल बताउँछन् । मानवीय
सुचना, प्राविधीक सुचना, मृतक दम्पत्तिकी छोरीले
बनाइदिएको स्केच, घटनास्थल बिश्लेशण र एकै
प्रकृती जस्तै देखिने पुराना घटनाहरुको अनुसन्धान गर्दै
जाँदा यो हत्याकाण्डको राज
खुलेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार
त्यो बेला देखि हालसम्म झण्डै साढे २ सय मान्छेसंग
यो घटनाका बारेमा सोधपुछ गरेको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved