Home » » चिनिया भेडाले कुकुर जन्मायो.....

चिनिया भेडाले कुकुर जन्मायो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



वेइजिङ– पशु चिकित्सकहरुले संभव नै नहुने बताएको भए पनि एक चिनिया किसान ल्यू नाइयिंगको एक भेडाले कुकुरलाई जन्म दिँदा चमत्कार भएको छ। डेलिमेलको एक रिपोर्टअनुसार उक्त बच्चाकाे भुत्ला भेडाकै जस्तो छ। तर, मुख, नाक, आँखा र पञ्जा सबै कुकुरको जस्तै छ।


भर्खर जन्मिएको उक्त भेडाको बच्चा कुकुरकै जस्तो गरी खेल्ने गर्छ। यस्तो खबर सुनेपछि हजारौं मानिस ल्यूको शांक्सी प्रान्तस्थित भेडा फार्ममा भीड लागे। ल्यूका अनुसार उनी एक खेतमा भेंगा चराइरहेको अवस्थामा भेडाले भर्खर जन्माएको उक्त जनावर देखे। नजिकै गएर हेर्दा माउ भेडाले उक्त कुकुर स्वरुपको नवजात बच्चालाई चाटिरहेको थियो।

यो एक भेँडा र कुकुरको क्रसबाट जन्मेको देखिन्छ। यस्तो सोचेर ल्यू डराए। किनभने उनले पछिल्लो २० वर्षसम्म भेँडा फार्ममा काम गर्दा यस्तो भएको कहिल्यै देखेका थिएनन्। शीआन शहर एनिमल हजबेन्ड्री टेक्नोलोजि सेन्टरका एक शोधार्थी यू गुओझांगका अनुसार भेंडा र कुकुर फरक प्रजाति भएकोले यस्तो क्रस संभव नै छैन। भेंडा कुकुरबाट गर्भवती हुन सम्भव नै नभएको उनले बताए। उनकाअनुसार एक असामान्य भेंडा जन्मनु भने संभव हुने कुरा हो।

साेर्स-नागरिक
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved