भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोलखा: मंगलबार मध्यान्ह गएको शक्तिशाली
भूकम्पमा परी दोलखामा २२ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी सयौ घाइते भएका छन् भने ठूलो
संख्यामा घरहरु ध्वस्त भएका छन् ।
दोलखा जिल्ला प्रहरी कार्यालका डिएसपी अजय
केसीका अनुसार मानवीय तथा भौतिक क्षतिको
यकिन विवरण आउन बाँकी छ ।
सुरक्षा निकायबाट मृतक तथा घाइतेहरुको उद्धार गर्ने
काम भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट
तीन दर्जन बढीलाई काठमाडौं ल्याइएको छ ।
दोलखाका दर्जन बढी होटलहरु ध्वस्त भएका छन् ।
संगम, मदरल्यान्ड, प्याराडाइज, युनाइटेड, किङस,
चिलंका लगायतका होटलहरु भत्किएका छन् । भूकम्पले
अरनिको बैंक रहेको भवन पनि भत्किएको छ ।
यसअघिको भूकम्पमा चकिएको सबै घरहरु भत्किएका छन्
भने मानिसहरुको भागाभाग भएको छ ।
Loading...

0 comments:
Post a Comment