Home » » हेर्दा हेर्दै जब घर भासियो एउटा तल्ला गायब !

हेर्दा हेर्दै जब घर भासियो एउटा तल्ला गायब !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिन्धुपाल्चोक, वैशाख २९ - नासा बुलेट क्लबका
तर्फबाट सिन्धुपाल्चोक र दोलखाका महाभूकम्प
पीडित क्षेत्रमा राहत वितरणका लागि मंगलबार
१६ जना बुलेट चालक सिन्धुपाल्चोक पुगियो ।
सिन्धुपाल्चोकको जुरेसम्म पुग्ने हाम्रो योजना
थियो । तर, १२ : ५० को महाभूकम्पले हाम्रो
योजनालाई बीचमै रोकिदियो ।
खाडीचौर नजिकै अँधेरी पुग्दा सशस्त्र प्रहरीको
एउटा समूह दौडिदै हामीतिर आएको देखियो ।
लगत्तै मोटरसाइकल नियन्त्रणबाहिर जान
थालेपछि भूकम्प आएको थाहा भयो । मोटरसाइकल
त्यही छोडेर क्यामेरा निकालेर फोटो खिच्न तिर
लागियो ।
भूकम्पको कम्पन जारी रहेका बेला सशस्त्र प्रहरीको
चेक पोस्ट नजिक हल्लिइरहेका घरहरुको फोटो
खिच्न थाल्दै थिएँ । पहिलो कम्पनमा खासै केही
भएन । दोस्रो कम्पनलगत्तै ठूलो आवाज आयो ।
एउटा घर भासिएको रहेछ । पहिलो कम्पनमा मैले
तस्विर लिएकै घर भासिएको रहेछ । पहिलो
तस्विरमा चार तलाको देखिएको घरको दोस्रो
तस्विरमा एउटा तलै थिएन । भासिएर यो घर तीन
तल्लाको बनिसकेको थियो ।
घर भासिए पनि मानवीय क्षति भने भएको छैन ।
यो क्षेत्रमा केही मानिस घाइते भएका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved