भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
घलेगाउँ (लमजुङ), २८ जेठ । उमेर ८६ वर्ष । दुबै आँखामा
कचेरा छन् । देब्रे आँखामा फुलो परेको छ । चश्मा
चाँहि हातमा । घरको आँगन । निलो प्लास्टिकको
कुर्सीमा बसेर स्टीलको कप समाएकी छिन् । त्यसमा
कालो कफी छ । बेला–बेला कफी मुख नजिक
लैजान्छिन् ।
नबुझेझैँ सोधेँ, देब्रे आँखामा के भएको आमा ? बुढी भए
पनि बोली तगडा छ । देवीमाया घलेले दैनिक नेपाल
संवाददातासँग भनिन्, ‘देब्रे आँखाले देख्दिन, आँखामा
फुलो परेछ । धेरै अस्पतालमा पनि गएँ, तर आँखा
बिग्रन्छ भनेर अप्रेशन गरिन ।’
छोरा शेष घलेले विश्व अर्थतन्त्रमा धाबा बोल्दै छन् ।
आमा भने गाउँको घरलाई कुरेर बसेकी छिन् । जेठको
महिना तर पनि घुँडासम्मै आउने मोजा उनेकी छिन् ।
२१ सय मिटरमा छ उनको घर, लमजुङको नायुमा ।
त्यही गाउँमा जन्मिए शेष घले । उनी अहिले
अष्ट्रेलियाको सफल अर्बपतिमा गनिन्छन् ।
देवीमाया बिहानै उठ्छिन् र अगेनामा भएभरको
दाउरा घुसार्छिन् । उनकै घरबाट धुवाँ निस्केर सबैभन्दा
पहिला गाउँ रंगिन्छ । देवीमायाले भनिन्, ‘बिहान
खाना खान्छु । बेलुकी खानै रुच्दैन । सात बजेनै सुत्छु,
एक बजेबाट निद्रै लाग्दैन । मनमा के–के कुरा खेलिरहन्छ
। मेरो दुःख मैसँग बाबु ।’ तपाईँ त खुशी हुनु पर्ने होइन
र ? थपिन्, ‘मजस्तो अभागी संसारमा कोही छैन । एक
हिसावले खुशी पनि छु ।’ शेष घलेको बाबाले चार बर्ष
पहिले सबैलाई छाडेर गए । त्यसपछि देवीमाया एक्ली
भएकी छिन् । कहिलेकाहीँ उनको जेठा ज्वाईँ बस्न
आउँछन् । देवीमायाले आफ्नो श्रीमानलाई सम्झेर आँशु
खसालिन्, ‘हिजो मात्र छोराले फोन गरेको थियो
। बुवा भएको भए कति खुशी हुनुहन्थ्यो होला हगी
भन्यो ।’ अघिल्लो दिन मात्र घलेका अन्तिम
राजाको शालिक उद्घाटन गर्न उनी घले गाउँ पुगेकी
थिइन् । घरको आँगनमा पानीको ट्याङ्की छ ।
बिहान आफैले खाना पकाउने पानी भर्छिन् । र,
खाना पकाउँछिन् । ‘मलाई त साह्रै दुःख छ बाबु ।
पैसा दिन्छुभन्दा पनि काम गर्ने मान्छे पाइँदैन । एक
जना केटी पाँच वर्ष बसेर हिँडिहाली । सबै आफै
गर्नुपर्छ’, देवीमायाले दुःख बिसाइन् । तपाईँ पनि
अष्ट्रेलियामा नै बसे हुँदैन ? मेरो प्रश्नले देवीमाया
जंगिइन, ‘किन बस्ने अर्काको ठाउँमा ? मरिहालेँ भने
के गर्ने ? त्यहाँ त जलाउने ठाउँ पनि पाइदैन रे ।
छोरालाई दुःख हुन्छ । मरे पनि आफ्नै देशमा मर्छु ।’
०६४ सालमा आमालाई शेषले अष्ट्रेलिया घुमाउन
लगेका थिए । देवीमाया त्यहाँ तीन महिना बसेर
फर्किइन् । उनलाई पटक्कै बस्न मन लागेन । भनिन्,
‘अर्काको मुलुक । हाम्रो कुरा पनि बुझ्देन, बोल्दा
पनि बोल्दैनन् । त्यस्तो ठाउँमा बसेर के गर्ने ?’ दुई दिन
शेषले छुट्टी लिएर आमालाई अष्ट्रेलिया घुमाइदिएछन्
। आमा छक्क परिन्, ‘उसले पनि अफिसमा छुट्टी लिन
पर्दोरहेछ ।’ आज छोराको विश्वमै चर्चा हुन्छ ।
छोरालाई हुर्काउन निकै गाह्रो भयो होला हगि ?
देवीमाया दोस्रोपटक भक्कानिन्छिन् । रोकिदैँनिन्,
आँशु पुछेरै बोल्छिन्, ‘मैले काम गर्ने, उसको बाबा खर्च
बोक्ने । उसको बाबा चामल, मिठो कुराउनी,
कुखुराको फुल, रोटी बोकेर हिँडेरै बेशीशहर पुग्थे । उसले
१४ मुरी धानको भात सकेको थियो । खुब दुःख गरेर
पढायौँ । छोराछोरीको लागि नगरेको होइन ।’
शेषले दुई वर्ष बेशीशहरमा पढेर पहिलो श्रेणीमा
एसएलसी उत्तिर्ण गरेका थिए । त्यसपछि
छात्रवृत्तिमा पढ्न रसिया उँडे । पहिले दुईवटा दुना
भैसी थियो रे । भेडी गोठमा भेडा । उनको श्रीमान
मरेपछि, सबै भेडा मरेर तीन वटा मात्र बाँकी रहे ।
त्यतिबेला मेरो बुढाको सम्पत्ति सकियो भनेर देवी
माया खुब रोइन । देवीमायाको मनमा उनको
पतिमात्र छन्, ‘मेरो बुढाले त मर्नेबेला मेरो हातको एक
थाल भात खाएर मरेको हो । किन यति धेरै खानुहुन्छ
भन्दा, अब तेरो हातको भात खाने धेरै दिन छैन भन्थे ।
नभन्दै भोलिपल्ट….’‘मलाई सम्झने त्यही एउटा छोरा छ
। फोनमा आमा भन्छ । मैले भनेको सबै मान्छ । मैले यसो
गर्दैछु भन्छ । आमा मैले गाउँको बाटो पिच गर्छु अब
भन्छ । खान लाउन दुःख नकाट्नु भन्छ । के लगाउने,
एउटा भोटोले जुग काट्छ । बिहान मात्र थोरै खान्छु,
६ महिना भयो बेलुकीमा खान छाडेको’, देवीमाया
मजैले गफिइन । अझै कति बाँच्न मन छ ? देवीमाया
खुल्छिन्, ‘मेरो लागि त भोलि मरे हुन्थ्योँ, छोराको
लागि त बाँचिरहे हुन्थ्यो ।’ बोल्दाबोल्दै शेषको
फोन आयो । देवीमायाले पत्रकारसँग कुरा गर्दैछु
भनेको भाव मात्र बुझेँ । अरु केही बुझिन । उनीहरुको
वार्ता, गुरुङ भाषामा थियो । शेषले आफू
एनआरएनएको अध्यक्ष हुँदा आमालाई पनि काठमाडौँ
लगेका थिए । छोरालाई माला लगाइदिएको आमाले
देखिन् । पछि देवीमायाले भनिन्, ‘त्यो काम छोड्दे
छोरा, सबैको आँखी भइन्छ ।’ शेषले जवाफ फर्काए, ‘हुँदैन
आमा ! शुरु गरेको काम सकेर मात्र छोड्नुपर्छ ।’
साभार – दैनिक नेपाल डटकम
0 comments:
Post a Comment