भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१ कात्तिक, काठमाडौ । अहिलेसम्म सरकारमा
सहभागी नहुने नीति लिँदै आएको राष्ट्रिय
जनमोर्चाले सम्मानजनक जिम्मेवारी पाएको
अवस्थामा अध्यक्ष चित्रबहादुर केसीलाई नै
सरकारमा पठाउन सकिने निर्णय गरेको छ ।
तर, सम्मानजनक मन्त्रालय नपाएको अवस्थामा
अध्यक्ष केसीको साटो उपाध्यक्ष दूर्गा पौडेल
मन्त्री बन्ने मोर्चाको आन्तरिक निर्णय छ ।
राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा
मसालको शनिबार बसेको बैठकले सरकारमा जान
सकिने निर्णय गरेको हो ।
तर, प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेपछि मात्रै
केसी वा पौडेलमध्ये कसलाई मन्त्री बनाउने भन्ने
जनमोर्चाले टुंगो लगाउने भएको छ । यसबारे मोर्चाले
प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्ने निर्णय गरेको
एक नेताले अनलाइनखबरसँग बताए ।
तर, केसीले माग्न लागेको राम्रो मन्त्रालय भन्नाले
कुन हो भन्ने चाँहि मोर्चाले गोप्य राखेको छ ।
राजनीतिक बरिष्ठताका हिसाबले झलनाथ
खनालका समेत राजनीतिक गुरु मानिने केसीले
उपप्रधानमन्त्री सहितको मन्त्रालय माग्न सक्ने
स्रोतले बतायो ।
यसैवीच झापा आन्दोलनमा केपी ओलीसँगै काम
गरेका नेकपा मालेका महासचिव सीपी मैनालीले
उपप्रधानमन्त्रीसहितको मन्त्रालय माग गरेका छन् ।
विगतमा भने नेकपा मालेले सम्हालेका मन्त्रालयहरुमा
राम्रो भूमिका देखिएको छैन । मालेका नेताहरु
कमिसनमा लिप्त हुने गरेको आरोप लाग्दै आएको छ ।
अघिल्लो सरकारमा नेकपा मालेका तर्फबाट सीपी
मैनालीकी पत्नी निलम केसीले वालवालिका तथा
समाजकल्याण मन्त्रालय सम्हालेकी थिइन् ।
नेकपा मालेमा मैनाली दम्पतीबाहेक सांसद
अइन्द्रसुन्दर नेम्वाङ पनि मन्त्रालय हाँक्न सक्ने सक्षम
युवा नेता मानिन्छन् ।

0 comments:
Post a Comment