Home » » भारतले जबरजस्ती झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार छौं : अध्यक्ष दाहाल

भारतले जबरजस्ती झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार छौं : अध्यक्ष दाहाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


कार्तिक २१, २०७२- बुटवल, एमाओवादी अध्यक्ष
पुष्पकमल दाहालले भारतले जबरजस्ती झुकाउन
खोजे अन्तिम अवस्थासम्म लड्न तयार रहेको
बताएका छन् ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा
बोल्दै अध्यक्ष दाहालले नेपाल भारतको
सम्बन्धलाई सहमति र समझदारीबाटै टुंग्याउन
अहिलेसम्म कुनै कसर नराखेको बताउँदै यसो गर्दा
पनि भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म
लड्न र सामना गर्न तयार रहेको दोहोर्याए ।
‘हामी अझैपनि नेपालभारतबीचको समस्या
सहमतिबाटै टुंग्याउन चाहान्छौं ।’ उनले भने, ‘तर
भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र
सामना गर्न तयार छौं र रहनुपर्छ।’
नेपालीले संविधान बनाएर कुनै गल्ती नगरेको
बताउँदै दाहालले यसमा भारतले सजाय दिन
खोज्नु उसको गल्ती भएको बताए । संविधानले
कसैलाई विभेद नगरेको र पहिचानका सवालमा
मधेसी जनतालाई अझ बढी अधिकार दिएको
बताउँदै अध्यक्ष दाहालले नेपालले संविधान बनाए
वापत दु:ख पाउनु पर्छ र सजाय भोग्नुपर्छ भन्ने
भारतको व्यवहार ठीक नभएको जीकिर गरे ।
‘आत्मनिर्णयको प्रयोग गर्नु हाम्रो कुनै गल्ती
होइन । यसमा असल छिमेकी भारतको आपत्ति
हुनुहुन्न । यसैले भारतले झुकाउन खोजेपनि हामी
झुक्दैनौं ।’
भारतले असल छिमेकीको नाताले पनि नेपाल र
नेपालीको कदममा सहयोग गर्नुपर्ने बताउँदै उनलेले
यसो नगरी दु:ख मात्रै दिने हो भने नेपालीहरु एक
ढिक्का भएर त्यसको प्रतिवादमा उत्रने र
उत्रनुपर्ने बताए ।
अध्यक्ष दाहालले नेपाल भारत सम्बन्धलाई
पुर्नभाषित गर्नुपर्ने अवस्था आएको भन्दै यसो
गर्दा भावी पुस्ताकालागि पनि उचित हुने
दाबी गरे । भारतले संयुक्त राष्ट्रसंघको
महासभामा उठाएको सशस्त्र द्वन्द्वदेखिका
घटनाको छानविनको विषयको कुनै अर्थ नरहेको
उनले तर्क गरे ।
नेपालको शान्तिप्रक्रिया स्वयं संयुक्त
राष्ट्रसंघको पहलमा अघि बढेको र भारत पनि
सहयोगीको भूमिकामा रहेकाले त्यो घटनालाई
अहिले उठाएर अहिलेको घटनालाई मोड्न नहुने
उनले टिप्पणी गरे ।
एमाओवादी अध्यक्ष दाहालले संविधान
जारीको ऐतिहासिक सफलतापछि मधेस
आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश
फेरि ऐतिहासिक चुनौतिपूर्ण अवस्थामा
गुज्रिएकोले यसलाई सबै नेपाली मिलेर समाधान
खोज्नुपर्ने बताए ।
मधेसको समस्या छलफल र वार्ताबाटै समाधान
गर्ने पक्षमा सरकार र सरकारमा रहेका दलहरुले
तयारी गरेको अध्यक्ष दाहालको भनाइ छ ।
यसका लागि नेपाली कांग्रेसले पेश गरेको
संविधान संशोधन प्रस्तावलाई मधेस केन्द्रित
दलहरु समेत सहभागी भएर परिमार्जन गर्दै अगाडि
बढ्नु पर्ने उनले बताए ।
सीमांकनको विवादलाई राजनीतिक संयन्त्र
बनाउने र छलफलद्वारा निकास निकाल्ने
तयारी भइरहेको उनले जनाए । वीरगञ्ज घटनापछि
केही बिग्रिएको मधेस केन्द्रित दलसँगको
वार्ताले पुन: सकरात्मक मोड लिएको बताउँदै
उनले भने, 'अब मधेसको समस्या छिट्टै टुंगिने छ ।
यसका लागि मधेस केन्द्रित दलका नेताहरु पनि
जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।'
पूर्व नेता बाबुराम भट्टराईका प्रसंगमा अध्यक्ष
दाहालले आफूले उनलाई २५ वर्षदेखि झेल्दै आएको
बताए । अब एमाओवादी मात्रै नभएर देशले नै
बाबुरामलाई झेल्नुपरेको बताए । महाभूकम्पले देश
तहसनहस भएको, मधेस आन्दोलित र भारतीय
नाकाबन्दीको असहज अवस्थामा अलग्गिने
बाबुरामको कदम कुनै अर्थमा ठीक नभएको उनले
दाबी गरे ।
‘उहाँले पार्टी, जनता र राष्ट्रलाई मात्रै घात
गर्नुभएन आफैंलाई पनि घात पुग्न आत्मघाती गोल
गर्नुभएको छ,’ उनले भने । अध्यक्ष दाहाल बुटवलमा
एमाओवादी कार्यकर्ता प्रशिक्षणका लागि
आएका हुन् । उनीसँगै एमाओवादी नेता तथा
उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पनि
प्रशिक्षण दिँदै छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved