Home » » नेपालमा नाकाबन्दी गरेर यसरी फस्यो भारत.. अर्कै चिन्तामा डुब्यो भारत...

नेपालमा नाकाबन्दी गरेर यसरी फस्यो भारत.. अर्कै चिन्तामा डुब्यो भारत...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जब भारतले नेपालमा माथि अघोषित नाकाबन्दी
थोपर्यो, यसका पछाडीका भारतीय स्वार्थहरु
बुझ्न सकिन्थ्यो। नेपालमा रहेको ग्रिप अझै कस्ने र
निर्णायक शक्तिका रुपमा नेपालमा खेलिरहने उनको
चाहना लुकेको थिएन। तर नाकाबन्दी नै गरिहाल्नु
पर्ने स्थिती किन त ? ब्याकग्राउण्डमा चलिरहेका
घट्नाक्रम नियाँल्दा यसको थोरबहुत जवाफ पाउन
सकिन्छ । जोड गरेर अध्ययन गर्दा भारतका नेपाल
स्वार्थका पत्रहरु खुल्दछन्।
भारतीय बुद्धिजिवी र लेखकहरुले नै भनेका छन्,
भारतीय सरकार खासगरि सत्तारुढ दल भाजपा
नेपाललाई हिन्दु राष्ट्र बनाउन मरिहत्ते गरेर लागेको
थियो। तर अनेक चाहना र जोडका बाबजुत
भारतलाई हिन्दु राष्ट्रमा सफलता हासिल हुन सकेन।
मधेसी आन्दोलनमा अलिकति उप्केरा लगाए पछी
भारत नेपालको संविधानलाई जारी हुन बाट केही
समय रोक्न चाहन्थ्यो। त्यसैले भारतीय प्रधानमन्त्री
मोदीले विशेष दुतनै पठाए। तर खासगरि हालका
प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष
प्रचण्डले एस शंकरलाई राम्रै जवाफ सहित फर्काए।
मोदीको इगो हर्ट हुने गरि भएको घट्नाक्रमलाई
भारतले सामान्य तरिकाले पचाउन सकेन। त्यसपछि
विदेश मन्त्रालयबाट आएका सिलसिलेवार
विज्ञप्तीहरुले पनि यसको पुष्टी गरे। तर भारतीय
स्वार्थमा कुन हदसम्म धक्का लागेको रहेछ भन्ने कुरा
भने अघोषित नाकाबन्दीपछि मात्रै नेपालीले बुझे।
अघोषित नाकाबन्दीपछि नेपाल भएर भारतमा बग्ने
नदिहरुमा धेरै पानी बगिसकेको छ। महिनौसम्म पनि
नेपालले नाकाबन्दी पचाएकै छ। दुख सुखमा नेपाली
राजनीतिले आत्मस्वाभिमानको बाटो समात्ला र
विस्तारै अर्थतन्त्रले पनि त्यसैलाई पछ्याउला भन्नेहरु
कम छैनन्।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved