भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
केही राजनीतिक विश्लेषकले लालुप्रसाद यादवको
राजनीतिक जीवन समाप्त भएको घोषणा गरेको धेरै
भैइसकेको थियो। तर, यस पटक भएको बिहार
विधानसभाको चुनावबाट लालुप्रसाद यादवले नयाँ
राजनीतिक उचाइ पाएका छन्।
विभिन्न चरणमा सम्पन्न चुनावको हाल प्राप्त गरेको
मत परिणाम अनुसार यादव नेतृत्वको राष्ट्रिय जनता
दल ८० स्थानमा अग्रता लिएसँगै विहारको सबैभन्दा
ठूलो पार्टीका रूपमा देखिएको छ। नितिश कुमारको
पार्टी जनता दल युनाइटेडसँग मोर्चावन्दी ग्राण्ड
अलायन्सले १७८ सिटमा अग्रता लिएको छ। यस्तै
भारतीय जनता पार्टीको समूहले जम्मा ६० सिटमा
मात्र अग्रता लिएको छ।
यादवको पार्टी सबैभन्दा ठूलो बने पनि नितिश
कुमार तेस्रो पटक बिहार मुख्यमन्त्री बन्ने भएका छन्।
लालु प्रसाद यादवले यसअघि नै नितिश कुमार नै
मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन्। ‘यो
बिहारका जनता र उनीहरूको आत्मसम्मानको विजय
हो,’ नितिश कुमारले भनेका छन्, ‘जनताले असहिष्णुता
विरुद्ध र प्रजातन्त्रका लागि मतदान गरेका छन्।
हामी जनताको भावना अनुसार काम गर्नेछौं।’
यसै गरी लालुप्रसाद यादवले सत्तारूढ भारतीय जनता
पार्टी विरुद्ध अब राष्ट्रिय अभियान नै थाल्ने
घोषणा गरेका छन्। बिहार चुनाव परिणामले पुरै
देशलाई नयाँ दिशा दिएको छ,’ उनले भनेका छन्,
‘हामीले नरेन्द्र मोदी नेतृत्वको सरकार सत्ताच्युत
गर्नेछौं।’
बिहार चुनाव सत्तारूढ भारतीय जनता पार्टीका
लागि यस वर्ष दिल्ली विधानसभा पछिको दोस्रो
ठूलो हार हो। कांग्रेस नेता राहुल गान्धीले भने
बिहार चुनाव परिणामलाई विभाजनकारी
राजनीति विरुद्ध एकताको जित भएको बताएका
छन्।

0 comments:
Post a Comment