Home » » भारतले नाकाबन्दी खोल्ने भएपछि राजेन्द्र महतोलाई ‘छट्पटी’, विज्ञप्ति निकालेर विरोध

भारतले नाकाबन्दी खोल्ने भएपछि राजेन्द्र महतोलाई ‘छट्पटी’, विज्ञप्ति निकालेर विरोध

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


'मधेसको माग पुरा नगरी नाकाबन्दी खोल्ने कुरा असम्भव'
काठमाडौं, २३ कात्तिक । भारतले
नाकाबन्दी हटाउने संकेत देखाएपछि
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको
आन्दोलन धरापमा पर्ने देखिएको छ ।
भारतकै सहयोगमा मधेसमा तीन
महिनादेखि आन्दोलन गरिरहँदा नैतिक
दबाबका कारण आफूले गरेको नाकाबन्दी
भारतले हटाउन लाग्दा मधेस आन्दोलन
धरापमा परेको हो । यसैबीच सोमबार
मात्रै सरकारले औपचारिक रुपमै
भारतलाई नाकाबन्दी खोल्न आग्रह
गरेको छ । जसले नाकाबन्दी हटाउन
भारतलाई थप दबाब तथा बल पुग्ने
देखिन्छ । सम्भवतः यसै महिनाभित्र
नाकाबन्दी खुल्ने प्रधानमन्त्री केपी
शर्मा ओलीले समेत जनाइसकेका छन् ।
यसरी नाकाबन्दी हट्ने सम्भावना
बोलियो बन्दै गइरहेका बेला मधेसी मोर्चाका एक नेताले भने विरोध गरेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोले मधेस आन्दोलन तुहिने गरेर नाकाबन्दी फिर्ता हुने देखिएपछि विज्ञप्ति निकालेर विरोध गरेका छन् ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले सरकाले नाकाबन्दी खोल्न सरकारले भारतसँग गरेको आग्रहप्रति आपत्ति
जनाएका हुन् । उनले नाकाबन्दीको ४६ औं दिन भइसक्दा पनि सरकारले त्यसलाई भारतले नाकाबन्दी गरेको भन्दै मधेस
आन्दोलनको बदनाम गरेको आरोप लगाएका छन् ।
मधेसी मोर्चाले गरेको नाकाबन्दीलाई भारतसँग जोडेर हेरेको भन्दै उनले विरोध गरेका हुन् । मधेसको माग पुरा नगरी
नाकाबन्दी खोल्ने कुरा सम्भव नभएको उनले दाबी गरेका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved