भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चिनियाँ मार्सियल आर्टका विशेषज्ञ
लि लियाङबिनको सम्भवतः संसारको सबैभन्दा बलियो घाँटीको
मांसपेशी भएका व्यक्ति हुन् ।
उनको घाँटीका मांसपेशीहरु यति बलिया छन्
कि उनी आफ्नो घाँटीमा पासो लगाएर नै सास फेर्न
सक्छन् ।
चीनको सानडंग प्रान्तमा रहेको लिजुवाङ गाउँका ४९
वर्षीय लि ले आफ्नो बाल्यकालदेखि नै कुङ फु सिक्दै
आएका थिए । उनी भन्छन्, ‘म अहिले कुङ फु मास्टर
भइसकेको छु । म दैनिक रुपमा मेरो शरिरलाई नयाँ ढङ्गले परिवर्तन
गर्नका लागि नयाँ नयाँ चुनौतीको सामना गर्ने गर्दछु । ’
‘कुङ फु मेरो जीवन हो र
यसको लागि चुनौती अत्यावश्यक छ । कुङ फु मास्टरका विभिन्न
हर्कतको बारेमा धेरैलाई थाहा छ तर रुखमा भुण्डिएर पनि सास फेर्न सक्नु
भएको निकै नौलो कुरा हो । ’ त्यसकारण उनले
आफ्नो घाँटीको मांसपेशीहरुलाई रुखमा झुण्डिएर
पनि सास फेर्न सक्ने तरिकाले बलियो बनाउने निधो गरे ।
लि ले यो चुनौतीको सामनाका लागि करिब १० वर्ष अभ्यास गरे ।
‘यो मेरो लागि ठूलो चुनौती थियो । रुखमा झुण्डिँदा नै म
केहि व्यायाम गर्न सक्छु,’ उनी भन्छन् ।
0 comments:
Post a Comment