भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नुवाकोट : दुई युवतीलाई भारतमा लगेर
बिक्री गरेको आरोपमा मुद्दा खेपिरहेका एक युवकलाई
जिल्ला अदालत नुवाकोटले २० वर्ष कैद सजाय
सुनाएको छ।
मदानपुर गाविसका १७ र १९ वर्षका दुई युवतीलाई
भारतको कोलकातामा दुई वर्षअघि बेचबिखन
गरेको अभियोगमा मदानपुर–१ का २७ वर्षीय अमृतबहादुर
नेपालीलाई अदालतले आज २० वर्ष कैद सजाय तोकेको हो।
जिल्ला न्यायाधीश किरणप्रसाद
शिवाकोटीको इजलासले मानव बेचबिखन
तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५
को उपदफा १ को खण्ड क बमोजिम सो अभियोगमा २०
वर्ष कैद र रु दुई लाख जरिवाना गरेको हो। पीडित दुई
महिलालाई जनही रु एक/एक लाख
क्षतिपूर्ति प्रतिवादीबाट भराउनसमेत आदेश
दिइएको अदालतका नायब सुब्बा विकास डिसीले
जानकारी दिए।
Loading...
0 comments:
Post a Comment