Home » » भागदौड मच्चिँदा बङ्लादेशमा १० जनाको मृत्यु....

भागदौड मच्चिँदा बङ्लादेशमा १० जनाको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ढाका- बंगलादेशको राजधानी ढाकास्थित
पुरानो ब्रह्मपुत्र नदीमा स्नान गर्ने
क्रममा भागदौड मच्चिँदा ७ महिलासहित
कम्तीमा १० जनाको ज्यान गएको छ। घटनामा ३०
जनाभन्दा बढी श्रद्धालु घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ९ बजे भएको
उक्त घटनामा मर्ने र घाइते हुनेहरु ५०
वर्षभन्दा बढी उमेरका श्रद्धालु छन्।
स्थानीय नारायणगढस्थित लांगलबाँधमा
'अष्टमी स्नान'का लागि गएका
श्रद्धालुहरुबीच भाग दौड मच्चिएको हो।
घाइतेलाई नजिकैको अस्पतालमा भर्ना
गरिएको प्रहरीले जानकारी दिएको छ।
स्नानका लागि गएका हजारौं श्रदालुहरु
शङ्कर तट नजिक रहेको दुई साँघुरा घाटबाट
एकैचोटि जाने प्रयास गर्दा भागदौड
मच्चिएको थियो। श्रदालुलाई व्यवस्थापन र
सुरक्षाका लागि पर्याप्त सङ्ख्यामा
स्वयंसेवक र प्रहरीको व्यवस्था नगर्दा घटना
भएको स्थानीयले आरोप लगाएका छन्।
ढाकास्थित पुरानो ब्रम्हपुत्र नदीको
निजिकै रहेको लांगलबाँध एक पवित्र
धार्मिक स्थल हो। जहाँ, प्रत्यक वर्षको
मार्च अन्तिम साता भारत र नेपालबाट समेत
हज्जारौंको सङ्ख्यामा स्थाननका लागि
हिन्दू धर्मालम्बीहरु जाने गरेका छन्।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved