भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भक्तपुर : कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजय गच्छदार एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ
भेट्न शुक्रबार बिहान बालकोट पुगेका छन् ।
महामन्त्री सिटौला शुक्रबार बिहान साढे सात बजे
ओलीको बालकोटस्थित निवासमा पुगेका थिए ।
ओली र सिटौलाबीच विपक्षी दलहरुको आन्दोलन र
संविधान निर्माणप्रक्रियाबारे करिब एक घण्टासम्म
छलफल भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले
जानकारी दिए ।
'दुर्इ नेताबीचको छलफलमा एमाओवादी मोर्चाको
आन्दोल, सरकार सञ्चालन र संविधान निर्माणबारे
छलफल भयो', ओलीका स्वकीय सचिव रमेश आचार्यले
भने, 'संविधान निर्माणमा देखिएको गतिरोध तोडेर
अघि बढ्न दुर्इ नेताहरुबीच कुराकानी भयो ।'
ओली निबासबाट महामन्त्री सिटौला निस्केलगत्तै
बिहान ९ बजे फोरम लोकतान्त्रिकका अध्यक्ष विजय
गच्छदार बालकोट पुगेका थिए । ओली र गच्छदारबीच
दुई घन्टासम्म कुराकानी भएको ओलीका स्वकीय रमेश
आचार्यले जानकारी दिए । नेता गच्छदार र
ओलीबीच एक्ला एक्लै छलफल भएको हो ।
गच्छदारसँगको भेटवार्तामा देशको वर्तमान
राजनीतिक गतिरोध अन्त्य गर्ने र सहमतिका लागि
छलफल अगाडि बढाउनेबारे कुराबानी भएको
आचार्यले जानकारी दिए । दुर्इ नेताबीचको
भेटवार्तामा संघीयता, मधेसी दलको अडान र
संविधान निर्माणबारेमा समेत छलफल भएको हो ।
एमाओवादी अध्यक्ष दाहाल चीन भ्रमणबाट
फर्किएलगत्तै शनिबार शीर्ष नेताहरुबीच छलफल गर्न
दलहरु तयार भएपछि शीर्ष भेटलाई सहज बनाउन
उनीहरुबीच भेटवार्ता गरिएको स्रोतले बताएको छ ।
(i)
0 comments:
Post a Comment