Home » » सप्तरीमा एक हजार विद्यार्थीको परीक्षा रद्ध.....

सप्तरीमा एक हजार विद्यार्थीको परीक्षा रद्ध.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

राजविराज : चिट चोरेको र अन्य अमर्यादित कार्य
गरेको आरोपमा सप्तरीमा एक हजार एसएलसी
परीक्षार्थी निष्काशित भएका छन् । एसएलसीको
आठौं दिनको परीक्षामा २४ जनाको परीक्षा रद्द
भएपछि यो संख्या हजार नाघेको हो ।
विद्यार्थी चिट चोराउने निरीक्षक बसेका १७ जना
शिक्षक निष्काशनमा परेको जिल्ला शिक्षा
अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए ।
भट्टराईका अनुसार शुक्रबारको ऐच्छिक दोस्रो
पत्रको परीक्षामा तीन सय ४५ जना परीक्षार्थी
अनुपस्थित रहे ।
प्राविधिकतर्फ आगामी तीन दिन सञ्चालन हुने
परीक्षामा ४६ जना परीक्षार्थी सहभागी हुने
जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ
। यो वर्ष एसएलसीमा सप्तरीबाट १४ हजार दुई सय ६१
जना परीक्षार्थी सहभागी छन् ।

नतिजा निरन्तर ओरालो
सप्तरीमा एसएलसीको नतिजा केही वर्षदेखि
ओरालो लाग्दै गएको छ । २०७० मा नियमिततर्फ १७
प्रतिशत र एक्जाम्टेडतर्फ दुई प्रतिशत विद्यार्थीमात्र
उत्तीर्ण भएका थिए ।
२०६८ मा नियमिततर्फ ३४.२८ प्रतिशत र एक्जाम्टेडतर्फ
१०.८८ प्रतिशत परिणाम प्रकाशित भएकोमा २०६९
सालमा घटेर नियमिततर्फ १८.४० प्रतिशत र
एक्जाम्टेडतर्फ ०.५५ प्रतिशतमा झरेको थियो ।
त्यसपछि २०७० को नियमिततर्फ झन् घटेर १७ प्रतिशत
मात्र उत्तिर्ण भएको अवस्था बितेको तीन
वर्षयताको सबैभन्दा खराब अवस्था हो । सप्तरीबाट
२०६८ मा एक सय ४६ जनाले विशिष्ट श्रेणीमा
उत्तीर्ण गरेकोमा २०६९ मा ६६ जना र २०७० सालमा
४९ जनामात्र विशिष्ट श्रेणीमा उत्तीर्ण भए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved