भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एक महिनाअघि सार्वजनिक भएको डिजेल
मिसावटमा सरोकारवाला निकायले आरोप
प्रत्यारोप गरी आफू चोखिन प्रयास गरेका छन्।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले
सोमबार लिएको बयानमा आयल निगम, ट्यांकर र
पम्प सञ्चालकले एकअर्कालाई आरोप प्रत्यारोप
गरेका हुन्। विभागका अनुसार बयानका क्रममा
निगम थानकोट डिपोका वरिष्ठ सहायक प्रबन्धक
राजकुमार केसी र सहायक प्रबन्धक विनय लोहनीले
आफूहरूले डिजेल परीक्षण गरेरै पठाएको र डिपोबाट
निस्केपछि आफ्नो जिम्मेवारी नभएको बयान
दिएका छन्।
यता पम्प सञ्चालक धनश्याम श्रेष्ठले परीक्षण गरेररै
पम्पमा भण्डार गरेको, ६० लिटर डिजेल
परीक्षणपछि दूधको रङजस्तो धमिलो आएको
बयान दिएका छन्। यस्तै ट्यांकर सञ्चालक
मानबहादुर थाकेरले निगम र पम्प सञ्चालकले
परीक्ष्ाण गरेर इन्धन लिएको बयान दिएको
विभागका एक अधिकारीले बताए।
'निगमले बजारमा पठाउनुअघि ४ ठाउँमा
परीक्ष्ाण गरेर पठाएको छ। एक साताका लागि
डिजेल स्याम्पल पनि राखेका थियौं। डिपोबाट
ट्यांकर निस्केपछि हाम्रो दायित्व होइन,' निगम
थानकोट डिपोका सहायक प्रबन्धक लोहनीको
भनाइ उद्धृत गर्दै विभागका ती अधिकारीले भने।
यस्तै पम्प सञ्चालक श्रेष्ठले डिजेल पम्पमा झारेको
१० मिनेट बिक्री नगरी राखेको, त्यसपछि बिक्री
गर्दा ४/५ गाडी बिगि्रएको भन्ने गुनासो आएको
थियो। 'डिजेल मिसावट भएको गुनासो लगत्तै
थानकोट डिपो प्रमुख र विभागलाई जानकारी
गराएका थिए। पम्पमा रहेको बाँकी डिजेल ट्याङ
किनेर राखेको छु,' श्रेष्ठको बयान उद्धृत गर्दै ती
अधिकारीेले बताए। डिजेल प्रयोगबाट गाडी
बिगि्रएकाले २ लाख २३ हजार ३ सय क्षतिपूर्ति
तिरेको श्रेष्ठले बयानमा बताएका थिए।
विभागका अनुगमन शाखा निर्देशक हरिनारायण
बेल्बासेले तीनै पक्षसँग बयान लिने प्रक्रिया
सकिएकाले चाँडै नै अभियोगपत्र दायर गरे थप
प्रक्रिया अघि बढाइने बताए। उपभोक्तालाई
मर्का पर्ने काम भएकाले दोषीलाई उपभोक्ता
संरक्षण ऐन २०५४ अनुसार काराबाही हुने उनले
बताए। 'उपभोक्तालाई मर्का हुने काम भएको छ।
बयान हेरेर दोषीलाई मिसावट र कम गुणस्तरीय -
न्यून स्तरीय वस्तु) आपूर्ति गरेको आरोपमा
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाही
गर्छौं,' उनले भने। मिसावटको आशंका गरी
परीक्षणका लागि गुणस्तर तथा नापतौल विभाग
पठाएको डिजेलमा प्रज्वलनशील -बल्ने) क्षमता
नभएको पुष्टि भएपछि विभागले तीनै पक्ष्ासँग
बयान लिएको हो। विभागले बयानको पत्रचार गरे
पनि निगम र व्यवसायीले बेवास्ता गरेका थिए।
विभागको निर्देशन बेवास्ता गरेपछि पुनः
ताकेता पत्र पठाइएको थियो। पत्रमा सम्पूर्ण
विवरणसहित ३ दिनभित्र उपस्थित हुन भनिएको
थियो। ताकेता पत्रको आधारमा उपस्थित नभए
कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने
विभागको तयारी थियो।
उजुरीका आधारमा विभागको संयुक्त अनुगमन
टोलीले माघ २९ गते बालाजुमा रहेका चक्रपथ फ्युल
सेन्टर, नेवा ट्रेड कन्सर्नमा अनुगमन गरेको थियो।
त्यसक्रममा आयल निगमबाट बिल नम्बर ३०८६८
मार्फत गाडी नम्बर ना४ख ५३६८ ले ल्याएको को ८
किलोलिटर डिजेल वितरण गर्दा दूधजस्तो रङ
देखिएको थियो। नेवा ट्रेडमा निगमकै बिल नम्बर
३०६८३ को ४ किलोलिटर डिजेल गाडी नम्बर
ना४ख ५३६८ ले ल्याई खन्याई बिक्री गर्दा
अस्वाभाभिक रङ देखिएको थियो। वाणिज्यले
मिसावट डिजेलको नमुना परीक्षणका लागि
गुणस्तर तथा नापतौल, विज्ञान तथा प्रविधि
प्रतिष्ठान -नास्ट) को ल्याब र निगममा
पठाएको थियो। गुणस्तरले रिपोर्ट सार्वजनिक गरे
पनि नास्ट र निगमले भने सार्वजनिक गरेका छैनन्।
परीक्षण रिपोर्ट न्यूनतम
फ्ल्यास पइन्ट (प्रज्वलनशील क्षमता) ३२ डिग्री
सेन्टिग्रेड हुनुपर्नेमा डिजेलमा शून्य देखिएको
थियो। फ्ल्यास प्वाइन्ट शून्य हुनु भनेको डिजेल
पानीजस्तै हुनु हो। यसमा प्रज्वलनशील क्षमता हुँदैन।
यस्तै ८ सय २० देखि ८ सय ८० केजी/मिटर क्युब
डेन्सिटी हुनुपर्ने डिजेलमा १ हजार १७ केजी/
मिटरक्युब पाइएको छ। १ दशमलव ८ देखि ५
सेन्टिस्ट्रोक किर्नेटिक भिस्कोसीटी हुनुपर्नेमा १
दशमलव १ मात्रै पाइएको रिपोर्टमा उल्लेख छ।
0 comments:
Post a Comment