भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, चैत्र १३ । एकीकृत
माओवादीका बरिष्ठ नेता बाबुराम
भट्टराईले बहुमतीय प्रक्रियामा गएर
अहिलेको समस्या समाधान हुनै नसक्ने
जिकीर गरेका छन् ।
ज्ञानु दाहाल स्मृति दिवसका अवसरमा
आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा
गर्दै भट्टराईले बहुमतियमा जाँदा संविधान
बन्न नसक्ने भएकाले सहमतिमै जानुपर्ने बताए ।उनले सत्तारुढ दलका नेतालाई गम्भीर बन्न सुझाव पनि दिए। सहमतिका लागि प्रयास भइरहेपनि
निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
चीनबाट फर्किएपछि भोलि र पर्सी
सहमतिका लागि गम्भीर प्रयास गर्ने उनले
जानकारी दिए ।
कार्यक्रममा ज्ञानु दाहाल स्मृति
स्मारिका विमोचन गरिएको थियो भने
रक्तदान पनि गरिएको थियो ।
साथै ज्ञानु दाहाल क्यान्सर मेमोरियल
ट्रष्टको स्थापना गरिएको घोषणा पनि
गरियो । प्रचण्डकी जेठी छोरी ज्ञानु
दाहालको क्यान्सरका कारण एक बर्षअघि
निधन भएको थियो ।
0 comments:
Post a Comment