भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, चैत्र १३ । एक दिवसिय विश्वकप
क्रिकेटको दुई आयोजक टोलीविच उपाधि
भिडन्त तय भएको छ ।
यही आइतवार अष्ट्रेलियाको मेलबर्नमा हुने
फाइनल खेलमा दुई आयोजक राष्ट्र
अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन्
।
प्रतियोगिताको दोस्रो सेमिफाइनल
खेलमा हिजो भारतलाई ९५ रनले हराँउदै
अष्ट्रेलियाले
न्युजिल्याण्ड विरुद्धको सनसनीपुर्ण भिडन्त
तय गरेको हो ।
यसअघि पहिलो सेमिफाईनलमा दक्षिण
अफ्रिकालाई हराँउदै न्युजिल्याण्ड पहिलो
पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको
थियो ।
अब आइतवार हुने खेल जित्दै अष्ट्रेलिया
किर्तीमानी पाँचौ पटक एक दिवसिय
विश्वकप क्रिकेटको उपाधि उचाल्न
चाहान्छ ।
उता न्युजिल्याण्ड भने इतिहाँसमै पहिलो
पटक विश्वकप जित्ने लक्ष्यमा छ ।
समुह चरणमा एकै समुहमा रहेका यी दुई
टोलीहरुविचको भिडन्तमा न्युजिल्याण्ड
विजयी भएको थियो ।
पर्सी हुने खेलमा न्युजिल्याण्ड आफ्नो सोही
सफलता दोहोर्याउन चाहन्छ भने अष्ट्रेलिया
विश्व क्रिकेटको आफ्नो गर्बीलो
इतिहाँसलाई निरन्तरता दिदैं
न्युजिल्याण्डसँग बदला लिन चाहन्छ ।
0 comments:
Post a Comment