भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, २९ बैशाख । मंगलबारको शक्तिशाली
भूकम्पबाट भएको जनधनको क्षतिको विवरण आउने
क्रम जारी छ ।
अहिलेसम्मको विवरण यस्तो छ:
देशभर ज्यान गुमाउनेको संख्या ३३ भन्दा बढी ।
दोलखामा १६ जनाको मृत्यु ।
सिन्धुपाल्चोकमा चार जनाको ज्यान गएको
प्रारम्भिक अनुमान ।
काठमाडौँ :
बालाजुमा पाँच तले घरले किचेर एक जनाको मृत्यु ।
टेकुमा पर्खाल भत्किएर ११ बर्षीया बालिका
जुनी जैसवाल र सुन्दरीजलमा एक बृद्धाको मृत्यु ।
नयाँबजार टाउन प्लान निवासी ७८ वर्षीया
नरमाया घलेको भूकम्पपछि हृदयघात भएर मृत्यु ।
नयाँबजार ४ तले घर ध्वस्त, उक्त घरले मोटरसाइकलमा
सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको
स्थानीयको अनुमान ।
सामाखुशीमा एक बालक पुरिए, उद्धार प्रयास
जारी ।
ललितपुरको ओमकार पोलिक्लिनिकको ४ तले भवन
पूर्ण रुपमा ध्वस्त, ललितपुरमा १०७ घाइते ।
राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु
भत्किए,दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिँदै ।
भक्तपुरमा ३२ जना भूकम्पमा घाइते ।
रामेछापमा ठूलो पहिरो ।
सिंहदरबारको मुख्य भवनमा थप क्षति ।
विद्यालयहरु थप २ साताका लागि बन्द ।
भूकम्पपछि संसदमा सभासदको भागाभाग ।
सोलुखुम्बुमा मानवीय क्षति छैनः प्रमुख जिल्ला
अधिकारी,
भूकम्पछि बन्द भएको विमानस्थल खुल्यो
भूकम्प लगत्तै मन्त्रिपरिषदको बैठक सिंहदरबारमा ।
सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते ।
रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा
उद्धारका लागि तयार रहन आफ्ना
अधिकारीहरुलाई निर्देशन ।
अमेरिकी भूगर्भ विभागले ७.४ रेक्टरको भनेपनि ६.८
रेक्टरको भएको नेपालस्थित भूकम्प मापन केन्द्रको
भनाइ ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आजको
भूकम्पमा परेर घाइते भएका ५७ जनाको उपचार
भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि अस्पताल बाहिर
खुला चौरमा शिविर खडा गरिएको छ ।
काभ्रे – आजको भूकम्पमा परेर यस जिल्लाका
विभिन्न भागबाट ल्याइएका घाइतेमध्ये २७ जना
धुलिखेल अस्पताल र बाँकीको बनेपास्थित शीर
मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुर – भूकम्पबाट मध्यपुर थिमी नगरपालिका
वडा नं ७ स्थित जितबहादुर चित्रकारको घर
भत्किँदा पुरानो थिमी जाने सडक अवरुद्ध हुनुका
साथै त्यस क्षेत्रमा धेरै घरहरु चर्किएका छन् ।
सुनसरी – यस जिल्लामा आज भूकम्पबाट रामधुनी
भासी नपा–५ का ६५ वर्षीया देवी कुमारी
राईको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका
छन्
स्याङ्जा- वालिङबाट पोखरा जाँदै गरेको
ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु
पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना
गम्भीर घाइते । घाइते हुनेहरुमा वालिङ
नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद
काफ्ले र बर्ष २३ की अनु गिरी ।
लमजुङ- भूकम्पको कम्पनले घर ढल्दा सुन्दरवजार
नगरपालिका वडा न १ मा विद्युत सर्ट भएर एक घर
ध्वस्त । भागदौडका संस्कृति सदन अर्चलेनीमा एक
विद्यार्थीको हात भाँचियो । बेसीशहरमा
एउटा घर भत्कियो ।
सिन्धुलीको मझुवामा ढुंगा खसेर स्थानीय इश्वरी
खतिवडाको मृत्यु भएको छ ।

0 comments:
Post a Comment